पोग्वा विश्वकप बाहिर « Khabarhub

पोग्वा विश्वकप बाहिर


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फ्रान्सका मिडफिल्डर पाउल पोग्बाले कतार विश्वकप २०२२ गुमाउने पक्का भएको छ ।

इटालियन सिरी ए क्लब युभेन्ट्सका मिडफिल्डर पोग्बाले चोटकै कारण नोभेम्बर २० बाट सुरु हुने कतार विश्वकप गुमाउने भएका हुन् ।

सन् २०१८ को रुस विश्वकप फ्रान्सले जित्दा नायक साबित भएका पोग्बा यसपटक समेत महत्वपूर्ण सदस्य हुने मानिएको थियो ।

यसै सिजन मात्र इङलिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडबाट पूर्वक्लब युभेन्ट्स फर्किएका पोग्बाले घुँडाको चोटका कारण एउटा खेल पनि खेलेका छैनन् ।

फ्रान्सले २२ नोभेम्बरमा अस्ट्रेलियाविरुद्धको खेलसँगै विश्वकपको सुरुआत गर्नेछ । समूह डी मा फ्रान्स, अस्ट्रेलिया,डेनमार्क र ट्युनिसिया रहेका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ९ : १४ बजे

ब्राण्ड बन्यो जुम्ली स्याउ (तस्बिरहरू) 

काठमाडौँ – कुनै समय बजारसम्म पुर्‍याउने बाटो नहुँदा बोटमै कुहिएर

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

फूलपातीका दिन गृहमन्त्री गुरुङले गरे तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले बडादसैँको फूलपातीका दिन आज हनुमानढोका

फूलपातीका लागि असन र इन्द्रचोकमा चहलपहल

काठमाडौँ- बडादसैँको सातौँ दिन फूलपाती भित्र्याउने तयारीसँगै काठमाडौँका पुराना बजार क्षेत्रमा