भूकम्पबाट विस्थापित परिवारलाई लालपुर्जा प्रदान « Khabarhub

भूकम्पबाट विस्थापित परिवारलाई लालपुर्जा प्रदान


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– भूकम्पबाट विस्थापित भएका यहाँका दुई घर परिवारलाई आइतबार लालपुर्जा प्रदान गरिएको छ ।

वालिङ नगरपालिका–२ वडाको तिलडाँडाबाट विस्थापित बनेका मित्रलाल दमै र सुनमती दमैको परिवारलाई लालपुर्जा प्रदान गरिएको वडाध्यक्ष पोतप्रसाद लम्सालले बताए ।

जोखिमयुक्त बस्तीमा रहेका भूकम्पपीडित लाभग्राहीमा परेका र अन्यत्र बसोबासका लागि घर घडेरी नभएकाको घर परिवारलाई बढीमा रु दुई लाख दिन सक्ने प्रावधानअनुसार राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ स्याङ्जामार्फत आर्थिक सहयोग गरिएको स्याङ्जाका कार्यालय प्रमुख प्रवीण ढकालले बताए ।

“भूकम्पकै कारण साविक बसेको ठाउँमा जमीन धाँजा फाटेकाले दुई घर परिवार विस्थापित भएका हुन्”, कार्यालय प्रमुख ढकालले भने, “यस ठाउँमा जस्तै जिल्लाका अन्य ठाउँमा पनि भूकम्पबाट विस्थापित बनेका परिवारलाई लालपुर्जा वितरणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।

” राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ स्याङ्जामार्फत प्राप्त भएको रु दुई/दुई लाख रकमबाट वडा कार्यालयको समन्वयमा आवश्यक प्रक्रिया पूरा गरी जग्गा खरीद गरी लालपुर्जा वितरण गरिएको वडाध्यक्ष लम्सालले बताए ।

स्थानीय कृष्णप्रसाद काफ्ले र यज्ञप्रसाद काफ्लेको गैह्रा भन्ने स्थानमा रहेको आठ आना जग्गा खरीद गरी मित्रलाल दमै र मनकुमारी दमैको परिवारलाई प्रदान गरिएको हो भने सोही वडाको राक्सेस्थित प्रेमप्रसाद रेग्मीसँग नौ आना जग्गा खरीद गरी सुनमती दमैको परिवारलाई प्रदान गरिएको वडाध्यक्ष लम्सालले बताए ।

यसअघि गत चैतमा घरबारविहीन भई चौरमा बस्दै आएका दुई परिवारलाई लालपुर्जा प्रदान गरिएको थियो । वालिङ नगरपालिका–२ वडाको छतिउनडाँडाका बीना विक र रेशम विकको परिवारलाई भूकम्प प्राधिकरणको सहयोगमा लालपुर्जा प्रदान गरिएको थियो ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  १० : ०५ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन