चीनलाई हङकङ हस्तान्तरणको वार्षिकोत्सवको विरोध,प्रहरीसँग झडप | Khabarhub Khabarhub

चीनलाई हङकङ हस्तान्तरणको वार्षिकोत्सवको विरोध,प्रहरीसँग झडप


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चीनलाई हङकङ हस्तान्तरण गरिएको २२औं वर्षगाँठ मनाइँदै गर्दा हङकङमा प्रदर्शनकारीहरू र प्रहरीबीच झडप भएको छ।

हङकङकी प्रमुख कार्यकारी क्यारी लाम झण्डोत्तोलन समारोहमा सहभागी भइरहँदा उक्त क्षेत्रमा दङ्गा प्रहरी परिचालन गरिएको छ। उनीहरूले प्रदर्शनकारीहरूलाई तितरबितर पार्ने प्रयास स्वरूप आँखा पिरो पार्ने रसायन प्रयोग गरेका छन्।

यसअघि हङकङमा दशौँ हजार बेइजिङ समर्थक प्रदर्शनकारीहरू पनि प्रहरीको समर्थनमा र्‍यालीमा उत्रेका छन्। सेतो र नीलो रङ्गका लुगा लगाएका प्रदर्शनकारीहरूले चिनियाँ झण्डा बोकेको बीबीसीले जनाएको छ ।

त्यहाँ एक महिनायता सुपुर्दगी सम्बन्धी एउटा विधेयकको विरोधमा प्रदर्शनकारीहरूले शहरमा प्रदर्शन गरेका छन्। संदिग्धहरूलाई अभियोजनका लागि मुख्यभूमि चीन पठाउने सकिने प्रस्तावित व्यवस्थाको विरोधमा त्यहाँ अहिलेसम्मकै दुई ठूला र्‍यालीहरू आयोजना भएका थिए।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  १० : ४१ बजे

कुख्यात अल्काट्राज कारागार फेरि खोल्न ट्रम्पको निर्देशन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण

भरतपुर अस्पतालमा मुटु र जलन उपचार सुरु

काठमाडौं– चितवनको भरतपुर अस्पतालमा मुटु रोगको उपचार सुविधा सुरु भएको

सेती नदीमा बेपत्ता युवकको शव निकालियो

पोखरा– पोखरा महानगरपालिका–१४ खाल्टेमसिनास्थित सेती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता

हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एक जनाको मृत्यु

भैरहवा– बुटवलको कालिकापथमा रहेको हाइटेन्सन पोलमुनि एक जनाको शव भेटिएको

गाजामा इजरायली हमला, १९ जनाको मृत्यु

एजेन्सी– सोमबार प्यालेस्टिनी क्षेत्रको उत्तरमा भएका दुईवटा इजरायली हवाई आक्रमणमा