भकुण्डेमा विदेशी पर्यटक « Khabarhub

भकुण्डेमा विदेशी पर्यटक


१७ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलेवा– कोरोना महामारीपछि बागलुङको भकुण्डेमा रहेको सामुदायिक घरबासमा पहिलोपटक विदेशी पर्यटक पुगेका छन् । बुधबार वल्र्ड भिजन अर्गनाइजेसनले विश्व भेगन समूहका नौ सदस्यलाई बागलुङ नगरपालिका-१० भकुण्डेस्थित  अतिथि सत्कार सामुदायिक घरबास पुर्‍याएको हो । समूहमा तीन बेलायती, छ अमेरिकी र तीन नेपाली नागरिक रहेका छन् ।

लामो समयपछि घरबासमा विदेशी पर्यटक आएपछि घरबास सञ्चालक उत्साहित भएका छन् । कोरोना महामारीको समयमा तीन वर्षयता घरबास कहिले सञ्चालन हुने र कहिले बन्द हुँदै आएको थियो । आन्तरिक पर्यटकको प्रायः भीड लाग्ने यहाँको घरबासमा तीन वर्षपछि विदेशी पर्यटक आएको घरबास सञ्चालक इन्द्रा थापाले बताए । ‘हामी घरबास सञ्चालन गरेर पाहुनाकै पर्खाइमा हुन्थ्यौँ, स्वदेशी वा विदेशी जोकोही आउँदा पनि खुसी लाग्छ’ उनले भने- ‘हाम्रो व्यवसाय नै घरबास हो, यहीँको आम्दानीले जीवन धान्नुपर्छ ।’

भकुण्डे पुगेका विदेशी पर्यटकलाई घरबास सञ्चालकले सामूहिकरुपमा स्वागत गरेका थिए । कोरोना महामारीअघि २०७६ सालको कात्तिक १४ गते भकुण्डेका घरबास बस्न पुगेको उक्त समूह तीन वर्षपछि कात्तिक १६ गते सोही घरबासमा पुगेको हो । ‘हामीले हरेक वर्ष समूहका सदस्यलाई पालैपालो बागलुङ बजार र यहाँका घरबासमा ल्याउने योजना बनाएका थियौँ’ वल्र्ड भिजन अर्गनाइजेसन नेपालका अध्यक्ष सुरेश शर्माले भने ‘उनीहरु यहाँको प्रकृतिसँग रमाउँछन्, स्वच्छ स्थानीय खानपान हुने भएकाले त्यसको प्रबद्र्धनसमेत हुने गरेको छ ।’ 

नगरपालिकाले तीन वर्ष पहिले विदेशी पर्यटक भित्र्याउन पहल थालेकामा उक्त समूहले साथ दिएको थियो । बागलुङका विभिन्न पर्यटकीय क्षेत्र घुम्न आउने पर्यटक यहाँको प्रकृतिसँग रमाउने गरेको उनले बताए । ‘यीनीहरु दुई दिन घरबासमा र एक दिन बजारमा बस्नुहुन्छ, बीचमा यहाँको कला र संस्कृति अवलोकन, प्राकृतिक सम्पदासँग रमाउनु भएको  छ’ अध्यक्ष शर्माले भने ‘यो निरन्तर प्रक्रिया हुनेछ ।’ विदेशी पर्यटक घरबासमा पुगेपछि यहाँको प्रचारप्रसार र उत्पादनको उपयोगमा सहयोग पुग्ने उनले बताए ।

भकुण्डेमा रहेको भ्यू टावरबाट सूर्योदय हेर्ने, यहाँबाट देखिने हिमशङ्खलाले उनीहरुलाई लोभाउने गरेको छ । भकुण्डेमा कोदोको ढिँडो, गुन्द्रुक, स्थानीय जातको आलुलगायत उत्पादन उनीहरूले प्रयोग गर्ने गरेका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  १ : ०१ बजे

गणेश पराजुली बने रास्वपा संसदीय दलको उपनेता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको उपनेतामा सांसद गणेश पराजुलीलाई

पूर्वराजासँग हुलिया मिलेपछि मनोजले माग्नुपर्‍यो माफी

काठमाडौं – ‘कमेडी दरबार’का जजका लागि निर्माण गरेको चरित्रका कारण

‘परालको आगो’को ट्रलेरको केन्द्रमा प्रकाश-सुहानाको झगडा

काठमाडौं – नायकहरू सौगात मल्ल, प्रकाश सपुत, नायिकाहरू सुहाना थापा र

संसदीय समिति सभापतिमा धमाधम मनोनयन (तस्बिरहरू)

काठमाडौं– संघीय संसदका १२ वटा समिति सभापतिमा अहिले धमाधम मनोनयन

प्रतिपक्षी दललाई सभामुखले भने- आगामी बैठकहरूमा सबैसँग छलफल गरेर अगाडि बढ्छौँ

काठमाडौं– प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने विपक्षी दलले संसदीय अभ्यासअनुसार सासद्लाई