सप्तरी २ को प्रदेशसभा २ : त्रिपक्षीय प्रतिस्पर्धा « Khabarhub

सप्तरी २ को प्रदेशसभा २ : त्रिपक्षीय प्रतिस्पर्धा


१७ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

राजविराज– सप्तरीको निर्वाचन क्षेत्र २ को प्रदेशसभा २ मा पूर्वमन्त्रीसहित त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । सत्तारुढ गठबन्धनबाट पूर्वमन्त्री एवं नेकपा(माओवादी केन्द्र) का नेता उमेश यादव र जसपा-एमाले गठबन्धनबाट जसपा नेता लक्ष्मण यादव तथा जनमत पार्टीबाट पूर्व माओवादी नेता महेश यादवबीच कडा प्रतिस्पर्धा हुने बताइएको छ ।

पैतालीस हजार चार सय ७६ मतदाता रहेको यस क्षेत्रमा १४ उम्मेदवार चुनावी मैदानमा छन् । मुख्य प्रतिस्पर्धा भने महेश यादव, उमेश यादव र लक्ष्मण यादवबीच नै हुने मतदाताको अनुमान छ । यस क्षेत्रबाट नेमकिपाका महिदेव चौधरी, राप्रपा नेपालका फुदनलाल खंग, राप्रपाका फुलेन्द मण्डल, नेपाल संघीय समाजवादी पार्टीका मो. परमुद, हाम्रो नेपाली पार्टीका खेलानन्दकुमार दास तथा स्वतन्त्रतर्फ सकुन्तलादेवी यादव, रिङ्कुदेवी यादव, गङ्गाराम यादव, नीरजकुमार शाही र दुर्गानन्द यादव पनि चुनावी मैदानमा छन् ।

यस क्षेत्रमा राजविराज नगरपालिकाका सबै १६ तथा महादेवा गाउँपालिकाका दुई वडा पर्दछन् । स्थानीयतहको निर्वाचनमा यस क्षेत्रमा जसपाले प्रमुख पदमा १० हजार तीन सय ४५ र एमालेले एक हजार तीन सय ८७ मत प्राप्त गरेको थियो ।  यस्तै माओवादीका प्रमुखका उम्मेदवारले पाँच हजार चार सय ४६, कांग्रेसका प्रमुखका उम्मेदवारले चार हजार सात सय ६७, लोसपाका प्रमुखका उम्मेदवारले तीन हजार चार सय ८१, एकीकृत समाजवादीका प्रमुखका उम्मेदवारले दुई हजार आठ सय ९० मत ल्याएका थिए ।

 यस्तै जनमत पार्टीका प्रमुख पदका उम्मेदवारले एक हजार एक सय सात मत ल्याएका थिए । यस मतभारका आधारमा अहिल सत्ता गठबन्धनका उम्मेदवार बलिया देखिन्छन् । अघिल्लो चुनावमा यस क्षेत्रबाट संघीय समाजवादी फोरम र राजपा गठबन्धनका साझा उम्मेदवार मनिष सुमन निर्वाचित भएका थिए । उनी यस पटक समानुपातिकतर्फ उम्मेदवार बनेका छन् । त्यतिबेला उनका निकटतम प्रतिद्वन्द्वी रहेका माओवादी केन्द्रका महेश यादव अहिले माओवादी पार्टी त्यागेर जनमत पार्टीबाट उम्मेदवार बनी दोस्रो पटक चुनावी मैदानमा छन् ।

सत्तारुढ गठबन्धनका उम्मेदवार माओवादीका उमेश यादव र जसपाका लक्ष्मण यादव पनि नगर क्षेत्रमा पकड बलियो बनाउन भरपूर्ण प्रयास गरिरहेका छन्। ग्रामीण क्षेत्रमा भने तीन वटै उम्मेदवारको मतभार उस्तै उस्तै रहेको बताइन्छ । 

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  ३ : ४३ बजे

एलजीले नेपाली उपभोक्ताका लागि ‘एसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक गर्‍यो

भरतपुर– एलजी इलेक्ट्रोनिक्स सिंगापुर प्रालीको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपाली उपभोक्ताहरूको आवश्यकता

चिनियाँ सहर : जहाँ गगनचुम्बी भवनबीच छाएको छ हरियाली (तस्बिरहरू)

काठमाडौं– कुनै समय विश्वमै धेरै वातावरणीय प्रदूषण गरेको आरोप झेल्दै

सुनचाँदीको मूल्य लगातार उकालो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ ।

बोपुङको वासिङ पहिरो : बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

खोटाङ– जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई उठीबास बनाउँदै

अल्जेरियालाई सहजै पन्छाउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – अल्जेरियालाई २–० ले पराजित गर्दै स्विट्जरल्यान्ड फिफा विश्वकपको