‘निर्वाचन जितेमा पार्टीलाई बलियो बनाउने गरी काम गर्छु’ « Khabarhub

‘निर्वाचन जितेमा पार्टीलाई बलियो बनाउने गरी काम गर्छु’


१७ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले निर्वाचन जितेमा पार्टीलाई बलियो बनाउने गरी जनताको काम गर्ने बताएका छन् ।

लोकतान्त्रिक-बाम गठबन्धन टोखा नगरपालिका वडा नं ५ ले आज यहाँ आयोजना गरेको निर्वाचन लक्षित कार्यक्रममा बोल्दै उनले काठमाडौँ क्षेत्र नं ५ को विकासका लागि ठूला साना समस्या तत्काल समाधान गर्ने बताए ।

‘काठमाडौँ क्षेत्र नं ५ को विकास गर्न नसकेर नभएको होइन, गर्न नचाहेर नभएको हो, निर्वाचन जितेमा यसलाई समाधान गर्ने मेरो प्रमुख काम हुनेछ’, उनले भने। काठमाडौँ क्षेत्र नं ५ को समस्या सांसदलाई तत्कालै थाहा पाउनका लागि ‘सांसद एप्स’ निर्माण गर्ने उनको भनाइ छ ।

नेता पौडेलले ऐतिहासिक र धार्मिक महत्वको बूढानिलकण्ठ मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि आफूले पहल गर्ने उनले बताए । केन्द्रीय सदस्य सीता देवकोटाले संविधानको रक्षा गर्दै मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनका लागि गठबन्धनका उम्मेदवारको जित आवश्यक रहेको बताए ।

नेकपा (माओवादी केन्द्र) की केन्द्रीय सदस्य कल्पना शर्माले लामो समयको सङ्घर्ष र आन्दोलनको उपलब्धिको रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई विजय गराउनुपर्ने बताए । काठमाडौँ क्षेत्र नं ५ प्रदेशसभा ९२० का उम्मेदवार श्यामबहादुर खड्काले पार्टी र गठबन्धनको झगडामा नअल्झिकन निर्वाचनमा केन्द्रित हुन सबैलाई आग्रह गरे ।

काठमाडौँ क्षेत्र नं ५ गठबन्धनका निर्वाचन संयोजक दीपक केसी, कांग्रेस टोखा नगरपालिकाका सभापति ओमकृष्ण विमलीलगायतले पछिल्लो समय युवालाई जनताले विश्वास गरेको बताउँदै गठबन्धनका युवा उम्मेदवारलाई विजय गराउन सबै लाग्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  ७ : ३८ बजे

इरान युद्ध नयाँ चरणमा प्रवेश गर्न सक्ने जोनसनको संकेत

 एजेन्सी– अमेरिकी प्रतिनिधिसभाका सभामुख माइक जोनसनले इरानसँग जारी द्वन्द्व चाँडै नयाँ

गरिमा प्रकरणले तात्यो संसद् : सालिक ठड्याएर न्याय हुँदैन, जघन्य अपराधमा मृत्युदण्ड देऊ

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया गरिमा चौधरीको

नाटक ‘वीर गणेशमान’ भदौं १४ बाट मञ्चन हुने

काठमाडौं – नाटक ‘वीर गणेशमान’ भदौ १४ बाट काठमाडौंको कालिकास्थानस्थित

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझा

काठमाडौं– पर्यटन क्षेत्रका सरोकारवालाले प्रस्तावित पर्यटन विधेयकमा आरोहीको सुरक्षा, बीमा, उद्धार

बाबुरामको गुनासो : धर्मनिरपेक्षताको कुरा गर्दा ‘हिन्दूविरोधी’ भनेर घृणा फैल्याए

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केही स्वार्थप्रेरित व्यक्ति तथा समूहले