जसपा र एमालेका ४४ नेता तथा कार्यकर्ता माओवादीमा प्रवेश « Khabarhub

जसपा र एमालेका ४४ नेता तथा कार्यकर्ता माओवादीमा प्रवेश


१७ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

खोटाङ – चुनावको मुखमा खोटाङमा जनता समाजवादी पार्टी र नेकपा एमालेका ४४ नेता तथा कार्यकर्ता माओवादी केन्द्र प्रवेश गरेका छन् । जनता समाजवादीका ३८ जना र एमालेका छ जना नेता तथा कार्यकर्ता बिहिबार पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्र प्रवेश गरेका हुन् ।

समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सचिवालय सदस्य, १ नम्बर प्रदेश समिति अध्यक्ष तथा जसपा खोटाङका प्रचार विभाग प्रमुख रबिन खम्बूको नेतृत्वमा जसपाका विभिन्न जिम्मेवारीमा रहेका नेता तथा कार्यकर्ता माओवादी केन्द्र प्रवेश गरेका छन् ।

यस्तै, समाजवादी युवा संघ खोटाङका अध्यक्ष एवं जसपाका पार्टी उत्पादन तथा स्वरोजगार विभाग प्रमुख गजेन्द्र राई, जसपाका सचिवालय सदस्य एवं दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष पृथ्बीकुमार राई, जिल्ला सचिवालय सदस्य मेघराज राई, प्रवास समिति कतारका उपाध्यक्ष गजेन्द्र खालिङ राई, दिक्तेल रुपाकोट मझुवागढी नगर समिति सह–सचिव सौराज राई, जसपा खोटाङ–काठमाडौं सम्पर्क समितिका प्रज्वल राईलगायतका नेता तथा कार्यकर्ता माओवादी केन्द्र प्रवेश गरेका छन् ।

नेतृत्वले पार्टीलाई प्रतिक्रीयावादी कित्तामा पुर्‍याउँदै प्रतिगमनका मतियार मानिएको एमाले र राप्रपा जस्ता यथास्थितिवादी दलसँग सहकार्य गरेकाले पार्टी परिवर्तन गरेको खम्बूले पत्रकार सम्मेलनमा बताए । ‘पार्टीको नीति, विचार र सिद्धान्त विपरित नेतृत्वले मनोमानी निर्णय गर्दै सही दिशा दिन सकेन,’ खम्बूले भने, ‘सैद्धान्तिक वैचारिक पथमा विचलन आइ व्यक्तिवादी प्रवृत्ति हावी भएको ठहर गर्दै हामीले पार्टी छाडेर माओवादी केन्द्रमा समाहित भएका हौँ ।’

एमाले जिल्ला कमिटि सदस्य जयप्रसाद (जेपी) आचार्य, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ वडा कमिटी अध्यक्ष रबिन्द्रकुमार राई, वडा कमिटी सदस्य जीतबहादुर राई, दिपेन्द्र राई, नवराज भुजेल र समर्थक मणिराज राई पनि माओवादी केन्द्र प्रवेश गरेका छन् ।

जसपा र एमाले छाडेका नेता तथा कार्यकर्तालाई माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य, संविधानसभा सदस्यका उम्मेदवार एबं प्रदेश १ का खानेपानी, सिँचाई तथा उर्जा मन्त्री रामकुमार राई, पोलिटव्यूरो सदस्य समिता कार्की, बैकल्पीक केन्द्रीय सदस्य ध्रुव बुढाथोकी, प्रदेश कमिटि उपाध्यक्ष देवान किराती, जिल्ला संयोजक दिपक पाण्डे, प्रदेश कमिटि सदस्य टंक थापा, बिनोद आचार्य, जीवन राई लगायतले पार्टीमा स्वागत गरेका थिए ।

जनता समाजवादी पार्टी खोटाङका तत्कालिन अध्यक्ष टंक थापा सहितका नेता माओवादी केन्द्र प्रवेश गरेको अढाई महिनापछि थप नेता तथा कार्यकर्ताले जसपा छाडेका हुन् । गत साउन ३० गते जसपा परित्यागको घोषणा गरेका ३९ नेता तथा कार्यकर्तामध्ये थापासहितका १३ जना भदौ १ गते माओवादी केन्द्र प्रवेश गरेका थिए ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  ८ : १८ बजे

 यामाहाले मनायो ७१ औँ वार्षिकोत्सव

काठमाडौं– यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई ‘यामाहा

नाटोप्रति ट्रम्पको असन्तुष्टि

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटोसँग अमेरिकाको वर्तमान सम्बन्धलाई ‘एकतर्फी’

खामेनीको अन्त्येष्टिअघि क्रान्तिकारी गार्ड प्रमुख वाहिदी सार्वजनिक

दुबई- इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीको शनिबारदेखि सुरु हुने अन्त्येष्‍टि

स्वास्थ्य बीमा बोर्डद्वारा सेवा प्रदायक संस्थालाई उपचार सेवा नरोक्न आग्रह 

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बीमित नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन

ईपीएसमार्फत दक्षिण कोरिया जाने श्रमिकको भिसा शुल्कमा वृद्धि

काठमाडौं– कोरिया जाने श्रमिकको भिसा शुल्कमा वृद्धि भएको छ । श्रम