घनश्याम भुसाल भन्छन्- 'सुखी नेपाली, समृद्ध नेपाल' मेरो प्रस्ताव हो | Khabarhub Khabarhub

घनश्याम भुसाल भन्छन्- ‘सुखी नेपाली, समृद्ध नेपाल’ मेरो प्रस्ताव हो


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

बुटवल – पूर्व एमाले नेता घनश्याम भुसालले ‘सुखी नेपाली, समृद्ध नेपाल’को एजेन्डा आफ्नो प्रस्तावमा ल्याइएको दाबी गरेका छन्। त्रिभुज चिह्न लिएर सत्तारूढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका नेता भुसालले ’सुखी नेपाली समृद्ध नेपाल’  नाराको प्रस्तावक आफू भएको बताएका हुन्।

रुपन्देहीको देवदहमा मतदातासँग कुरा गर्दै नेता भुसालले लोकतान्त्रिक गठबन्धनले मात्र मुलुकलाई समृद्धिको दिशामा लैजान सक्ने दाबी गरे। सो क्रममा संविधानको रक्षा र लोकतन्त्रको विकास विना समृद्धिको सपना पूरा नहुने भन्दै निर्वाचनमा मत माग्न आउने उम्मेदवारसँग संविधानको रक्षा गर्छौ कि गर्दैनौं भनेर प्रश्न गर्न भुसाले आग्रह गरे।

आफू यस क्षेत्रको विकासका लागि समर्पित भएर लाग्ने र त्यो आफूले कुराले मात्रै नभई व्यवहारमै गरेर देखाउने प्रतिबद्धता उनले व्यक्त गरे। मतदाताले विवेक प्रयोग गरेर असल र इमानदार उम्मेदवार छान्नुपर्ने उनको भनाइ थियो।

त्यसैगरी रुपन्देही क्षेत्र नं. १ (१) का उम्मेदवार विश्वनाथ यादवले गठबन्धनभित्रका उम्मेदवारहरू विकास होस् या व्यवहार हरेक क्षेत्रमा इमान्दार भएको बताए। पुनर्वास र क्षेत्र नं १ को भौतिक विकासका लागि गठबन्धनका उम्मेदवारहरू अग्रपंक्तिमा रहेर काम गर्ने उनले बताए।

त्यस्तै प्रदेश १(२) का उम्मेदवार अब्दुल रज्जाकले प्रत्येक मतदातालाई सजक र सचेत गराउन जरुरी रहेको बताएका छन्। मतदातालाई पटकपटक झुटो आश्वासन मात्र दिने काम भएको बताउँदै नेता रज्जाकले मुलुक समृद्ध बनाउन बाम लोकतान्त्रिक गठबन्धनको विकल्प नरहेको बताए।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  १२ : २३ बजे

सुरूमै दबाबमा स्कटल्याण्ड, करणले दिलाए नेपाललाई दोहोरो सफलता

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ मा आइतबार भइरहेको खेलमा नेपालले

भीम रावलबारे ओलीको टिप्पणी- जहिल्यै अराजक, आम्दानी हुने पद खोजिरहन्थे

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २०८१ पुस

टेक एण्ड पे प्रावधान बजेटबाट हटाउन इप्पानको माग

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले उपप्रधान एवं अर्थमन्त्री

राजनीतिमा फर्किने विद्या भण्डारीको प्रयासले ओली रुष्ट, भने- फलाना आउने रे भनेर हल्ला चलाउनको अर्थ छैन

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या

लस एन्जलसमा आप्रवासीको विरोध प्रदर्शनमा ट्रम्पले राखे नेसनल गार्ड तैनाथ

लस एन्जेलस- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार लस एन्जलसका सडकहरूमा