‘महापुरूष’, एक सातामा कति कमायो ?  | Khabarhub Khabarhub

‘महापुरूष’, एक सातामा कति कमायो ? 


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामाजिक विषयवस्तुमा आधारित फिल्म ‘महापुरूष’ प्रदर्शनमा आएको आज दोस्रो साता पुगे पनि हलहरूमा भने दर्शकहरूको उत्साहजनक उपस्थिति देखिएको छ । मोफसल यात्राको प्रचारप्रसारमा निस्किएको निर्माण टिम र कलाकारहरूको टोली बुटवलबाट शुक्रबार चितवन आइपुगेको छ। 

देशव्यापी रुपमा प्रचारप्रसारमा निस्किएको निर्माण टिमले नेपालगञ्जका दर्शकहरुसँग बसेर फिल्म हेरेर बुटवल हुँदै शुक्रबार चितवनका दर्शकसँग प्रतिक्रिया लिइरहेको छ । यो समाचार तयार पार्दासम्म फिल्मले करिब पाँच करोड कमाएको निर्देशक प्रदीप भट्टराईको दाबी छ । 

शुक्रबार चितवनका दर्शकहरुसँगै फिल्म हेरेर निर्देशक प्रदीपसहितको टोली शनिबार काठमाडौँ फर्किने कार्यक्रम छ । एकल बुबाको बुढ्यौलीमा बसेको प्रेमले ल्याउने उत्तारचढावलाई फिल्ममा देखाइएको छ । फिल्ममा हरिवंश आचार्य र गौरी मल्ललाई जोडीको रूपमा प्रस्तुत गरिएको छ।

फिल्ममा हरिवंश आचार्य र गौरी मल्लका अलावा मदनकृष्ण श्रेष्ठ, रवीन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, अन्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बाँस्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल लुइँटेललगायत कलाकारको अभिनय छ। 

षट्कोण आर्ट्सको ब्यानरमा निर्मित फिल्ममा कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् भने  प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा फिल्म बनेको हो । जात्रा, जात्रै जात्रा, शत्रुगते जस्ता सफल मानिएका फिल्मका निर्देशक प्रदीप भन्छन्, ‘काठमाडौँ फर्किएसँगै फेरि अर्को चरणको प्रचारप्रसारमा लाग्छौँ  ।’
एकैसाथ परिवारका सबै सदस्यहरुले हलमा आएर महापुरुष हेरेको र कोही रुँदै त कोही हाँस्दै घर फर्किएको दर्शकको प्रक्रिया पाउँदा खुसी लागेको निर्देशक प्रदीप बताउँछन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  १ : १३ बजे

भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउनुपर्छ भन्ने अडानमै छौँ : सचेतक पाण्डे

काठमाडौं– नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा

स्कटल्याण्डले नेपाललाई दियो ३ सय २४ रनको विशाल लक्ष्य

काठमाडौं- स्कटल्याण्डले नेपाललाई ३ सय २४ रनको लक्ष्य दिएको छ

राज्यको चौथो अङ्गमा महिलाको पहुँच र भूमिका अझै न्यून : पूर्वराष्ट्रपति भण्डारी

झापा– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यको चौथो अङ्गको रूपमा रहेको आमसञ्चार

चैते धान समर्थन मूल्यमा नबिकेपछि किसान निराश

भद्रपुर– सरकारले चालु वर्षका लागि चैते धानको न्यूनतम समर्थन मूल्य