कैलालीमा नमुना मतदान, शतप्रतिशत मत सदर « Khabarhub

कैलालीमा नमुना मतदान, शतप्रतिशत मत सदर


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कैलाली– आगामी ४ मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको तयारीका क्रममा कैलालीको सुख्खडमा नमुना मतदान गरिएको छ । उक्त मतदानमा शतप्रतिशत मत सदर भएको निर्वाचन आयोगले जनाएको छ ।

कैलाली ३ को सुख्खडस्थित घोडाघोडी नगरपालिकाको कार्यालय परिसरमा आयोजित नमुना मतदानमा ४२ मत खसेकोमा सबै मत सदर भएको थियो । प्रदेश निर्वाचन कार्यालय, धनगढीको पहलमा भएको नमुना मतदानमा नगरपालिकाका प्रमुख खडक रावत र उपप्रमुख गुलियादेवी चौधरीलगायत गाउँघरमा खटिइरहने स्वास्थ्य स्वयम्सेविका, पालिकाका कर्मचारीलगायत सहभागी भएका थिए । नगर प्रमुख रावतले नमुना मतदानको अभ्यासलाई निरन्तरता दिन सकेमा आसन्न निर्वाचनमा बदर मत संख्या घट्ने बताए ।

निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले निर्वाचनमा बदर मत घटाउने र मतदातालाई मतदाता शिक्षा दिने उद्देश्यले नमुना मतदान गरिएको बताए । उनले निर्वाचनमा मतदान गर्ने तरिकालगायतका विषयमा प्रकाश पारेका थिए । यसअघि कैलाली ४ को गोदावरी नगरपालिका क्षेत्रमा पनि नमुना मतदान कार्य सम्पन्न भएको थियो । जिल्लाका अन्य पालिकामा पनि नमूना मतदानको तयारी गरिएको छ ।

शुक्रबारबाट कैलाली जिल्लाका सबै निर्वाचन क्षेत्रका वडा र टोलमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न एक सय २६ महिला स्वयम्सेवी परिचालन गर्न लागिएको छ । स्थानीय पालिकाबाट निर्वाचनसम्बन्धी आवश्यक तालिम लिएका महिला स्वयम्सेवीलाई मतदाता शिक्षा कार्यक्रमका लागि परिचालन गर्न लागिएको हो । निर्वाचन कार्यालयले स्थानीय तहको एकजना अधिकृत तहको कर्मचारीलाई निर्वाचन सम्पर्क व्यक्तिको रूपमा खटाउन लागेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  १ : ४१ बजे

विश्वकप फुटबल : अल्जेरियाविरुद्ध स्विट्जरल्यान्डको २-० को अग्रता

काठमाडौँ – फिफा विश्वकपको अन्तिम ३२ को खेलमा स्विट्जरल्यान्डले अल्जेरियाविरुद्ध

मुहानमा बाढी पसेपछि मेलम्चीको पानी आपूर्ति बन्द

काठमाडौं- मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा बाढी पसेर पानी अत्यधिक

२९ सुकुम्वासीले पाए लालपुर्जा, एक लाख १८ हजार डिजिटल अभिलेखमा थपिए

काठमाडौँ- सरकार गठनको भोलिपल्टै १४ चैतमा सार्वजनिक १०० बुँदे कार्यसूचीको

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्यसूची

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै

काठमाडौँ – नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले आफूनिकट समूहका नेताको