घानामा अवैध चिनियाँ सुनखानीको सञ्चालन रोकिएन « Khabarhub

घानामा अवैध चिनियाँ सुनखानीको सञ्चालन रोकिएन


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफ्रिकी मुलुक घानामा चीनले अवैध रुपमा सुनखानी सञ्चालनलाई निरन्तरता दिइरहेको पाइएको छ । ‘अवैध सुनखानीकी रानी’ उपमा पाएकी आइशा हुवाङ पक्राउ परेसँगै चीनले घानामा अवैध सुनखानी सञ्चालनलाई निरन्तरता दिइरहेको बाहिर आएको हो । उनी घानाको कुमासी सहरबाट पक्राउ परेकी हुन् ।

उनीसहित तीन चिनियाँ नागरिक पक्राउ परेका छन् । उनीहरुले मुलुकको अशान्ती क्षेत्रमा गैरकानूनी हिसाबमा सुनखानी सञ्चालन गर्दै आएको आरोप लागेको छ ।

उनीहरुविरुद्ध अवैध खानी सञ्चालन गरेको र बिनालाइसेन्स सामानको खरिदबिक्री गरेको अभियोग लगाइएको जनाइएको छ । उनी ५ वर्षअघि पनि गैरकानूनी सुनखानी सञ्चालन गरेकै आरोपमा पक्राउ परिसकेको फाइनान्सियल पोस्टले जनाएको छ । यद्यपि उनी त्यहाँबाट रहस्यमय किसिमबाट फरार भएकी थिइन् ।

घानाका सुरक्षा अधिकारीका अनुसार पक्राउ परेका बेला उनीसँग दुईवटा चिनियाँ राहदानी समेत रहेको थियो । साउथ चाइना मर्निङ पोस्टका अनुसार घानामा सन् २००५ यता ५० हजारभन्दा धेरै सुनखानीमा काम गर्ने चिनियाँ कामदार पुगिसकेका छन् ।

यसअघि गत मार्च महिनामा पनि घानाको बामियाङ्को क्षेत्रबाट घानाका एक सहयोगीसहित चार अवैध सुनखानीमा संलग्न चार जना चिनियाँ नागरिक पक्राउ परेका थिए ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ४ : ३३ बजे

सभामुखलाई कांग्रेसको प्रश्न : रास्वपासँगको नाभी काट्न छैन कि क्या हो ?

काठमाडौं- नेपाली कांग्रेसले सभामुख डोल प्रसाद अर्यालको भूमिकाप्रति प्रश्न उठाएको

अतिविपन्न परिवारलाई सुरक्षित आवास बनाउँदै बागमती सरकार

बागमती– बागमती प्रदेश सरकारले प्रदेशका अतिविपन्न कम्तीमा एक हजार परिवारलाई

बाढीले बगाएको फोक्सिङटार पुल पुनर्निर्माणको पहल

खोटाङ- खोटेहाङ गाउँपालिकाले खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा पक्की

कुलो पुनर्निर्माण नहुँदा चार वर्षदेखि बाँझै माझीटार

पाँचथर– बाढीले बगाएको कुलो पुनर्निर्माण नहुँदा पाँचथरको माझीटार फाँट चार

प्रतिनिधिसभाको बैठक जारी, हर्कको विरोध आज पनि

काठमाडौं– प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठकमा विनियोजन विधेयकमाथिको