कञ्चनपुरमा तीन पूर्वमन्त्री चुनावी मैदानमा « Khabarhub

कञ्चनपुरमा तीन पूर्वमन्त्री चुनावी मैदानमा


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा प्रतिनिधिसभाका तीनवटै निर्वाचन क्षेत्रमा पूर्वमन्त्री चुनावी मैदानमा रहेका छन् । सत्ता गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र नं १ मा पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेत्री बिना मगर चुनावी मैदानमा छन् । विसं २०७४ को निर्वाचनमा भारी मतले विजयी भएका उहाँ यसपटक अघिल्लो जितलाई निरन्तरता दिने दाउमा छन् । 

विसं २०७४ को निर्वाचनको प्रतिस्पर्धी दल नेपाली कांग्रेस अहिले उनको समर्थनमा छ भने त्यो निर्वाचनका सारथी नेकपा (एमाले) का तर्फबाट तारा लामा तामाङ अहिले उनको प्रतिस्पर्धी छन् ।

त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपी साउद चुनावी मैदानमा छन् । विसं २०७४ को निर्वाचनमा साउदलाई पराजित गरेका एमाले नेता नरबहादुर धामीसित उनको दोस्रोपटक प्रतिस्पर्धा हुँदैछ । धामी जितलाई निरन्तरता दिने रणनीतिमा छन् भने साउद हारको बदला लिने पक्षमा यसपटक देखिएका छन्। 

विसं २०७४ को निर्वाचनमा धामीको समर्थनमा रहेको माओवादी यसपटक साउदको समर्थनमा छ । यसपटक माओवादीको समर्थनमा हारको बदला दिने दाउमा साउद छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा पूर्वमन्त्री रमेश लेखक र नेकपा (एमाले) नेत्री निरुदेवी पालबीच प्रतिस्पर्धा हुँदैछ ।

अघिल्लोपटक एमालेका नेता डा दीपकप्रकाश भट्टसित थोरै मतले पराजित भएका लेखक यसपटक सत्तागठबन्धन दलका साझा उम्मेदवारका रूपमा चुनावी मैदानमा छन् । उनका प्रतिस्पर्धी पाललाई यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन गरेको छ । 


प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ७ : ३६ बजे

विश्वकप फुटबल : अल्जेरियाविरुद्ध स्विट्जरल्यान्डको २-० को अग्रता

काठमाडौँ – फिफा विश्वकपको अन्तिम ३२ को खेलमा स्विट्जरल्यान्डले अल्जेरियाविरुद्ध

मुहानमा बाढी पसेपछि मेलम्चीको पानी आपूर्ति बन्द

काठमाडौं- मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा बाढी पसेर पानी अत्यधिक

२९ सुकुम्वासीले पाए लालपुर्जा, एक लाख १८ हजार डिजिटल अभिलेखमा थपिए

काठमाडौँ- सरकार गठनको भोलिपल्टै १४ चैतमा सार्वजनिक १०० बुँदे कार्यसूचीको

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्यसूची

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै

काठमाडौँ – नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले आफूनिकट समूहका नेताको