दोस्रो सातामा महापुरूष : नेपालमा हाउसफुल, अमेरिकामा शो बढाइयो « Khabarhub

दोस्रो सातामा महापुरूष : नेपालमा हाउसफुल, अमेरिकामा शो बढाइयो


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पछिल्लो समय नेपाली फिल्मको लगानी मात्र नभई विदेशी बजारले मुनाफा समेत दिने गरेको छ। नेपालमा राम्रो भनिएका फिल्मलाई विदेशमा हेर्न दर्शक लालायित हुन्छन्।

विदेशमा पनि केही मेकर्सले आफ्नो विश्वास बढाएका छन्। जसको फिल्म आउनासाथ विदेश राइट्स लिने र विदेशमा प्रदर्शन गराउन तत्पर हुन्छन्। यस्तै फिल्म मध्येको एक हो ‘महापुरूष’। जात्रा र जात्रै जात्राको सफलता पश्चात् कलाकार रवीन्द्र सिंह बानियाको निर्माण र निर्देशक प्रदीप भट्टराईको निर्देशनमा तयार भएको फिल्मले अमेरिकामा राम्रो दर्शक पाइरहेको छ। फिल्मलाई अमेरिकामा नेपाल ११ इन्टरटेनमेन्ट एलएलसीले प्रदर्शन गरिरहेको छ।

नेपालमा पहिलो साता पाँच करोडको हाराहारीमा ग्रस कलेक्सन गर्न सफल फिल्मले अमेरिका प्रदर्शन डलासबाट सुरु गरेको थियो। सिनेपोलिस, युलेसमा हाल चलिरहेका १६ अन्य अङ्ग्रेजी र हिन्दी फिल्मको तुलनामा डलासमा दोस्रो हप्तामा प्रदर्शन भइरहेको ‘महापुरूष’ले बक्स अफिसमा उत्कृष्ट नतिजा देखाएको नेपाल ११ इन्टरटेनमेन्ट एलएलसीका प्रतिक सुवेदीले बताए।

‘नोभेम्बर ४ बाट थप ९ हल थपिँदै सोमबारसम्म एट्लान्टा, रेले, डेनभर, ह्युस्टन, अस्टिन, लस एन्जलस, एक्रोनमा दिनको कम्तिमा २ शो नियमित हुनेछ। नेपाली र अमेरिकामा बसोबास गर्ने नेपाली कलाकारहरुको अर्को हब बाल्टिमोर मेरिल्याण्डका दुई थिएटरमा पनि प्रदर्शन हुँदै छ। मेरील्याण्डको होराइजन सिनेमाले बाल्टिमोर एरियामा प्रदर्शन गर्दैछ’, सुवेदीले भने। आउँदो हप्तामा यो चलचित्र ग्रीन्सबोरो, सान फ्रान्सिस्को, न्यूयोर्क, ओक्लाहोमा सिटी, न्यु जर्सी, सिएटल, कोलम्बस र क्यानडाका ३ सहरमा रिलिज हुने तयारीमा रहेको समेत उनले बताए। यस्तै, अष्ट्रेलियामा एमएसएम इभेन्ट्सले प्रदर्शन गरिरहेको छ।

नेपालमा दोस्रो साताको शनिबार पनि बिहानै देखि शोहरु हाउसफुल भइरहेका छन्। मोफसलका दर्शकसँग भेटघाट गर्न गरेको टीम काठमाडौं फर्किएर विभिन्न हलमा पुगेर उपत्यकाको दर्शकसँग भेटघाट गर्दैछन्। ‘फिल्मको बारेमा दर्शकले नै राम्रो छ भनेपछि दोस्रो हप्तामा झनै दर्शक बढिरहेका छन्। हामी विभिन्न हलमा पुगेर भेटघाट गर्दैछौँ। आज उपत्यकामा फिल्म प्रदर्शन भइरहेको अधिकांश हलमा पुग्नेछौँ’, कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँले बताए।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराइली मुख्य भूमिकामा रहेका छन्। फिल्ममा एक्लोपनको कथा देखाइएको छ। आदर्शनगरमा बसोबास गर्ने अवकासप्राप्त शिक्षक मार्फत पिता र एलकपुरुषसँगै एक्लोपनकथा फिल्ममा देखाइएको छ। भविष्य निर्माण गर्न अलग भइसकेको छोरा, सपना बोकेर अष्ट्रेलिया जान लागेको छोरा र एक्लोपनमा रहेका शिक्षकमार्फत समाजको गम्भीर विषयलाई सरल रुपमा प्रस्तुत गरिएको छ। षट्कोण आर्ट्स प्रालिको व्यानरमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन्।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  १२ : २७ बजे

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन– नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न

न्याय माग्दै फेरि सडकमा सहकारी पीडित (तस्बिरहरू)

काठमाडौं– सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेका

देवानगञ्ज घटनाबारे सुनसरीका रास्वपा सांसदसहितले भेटे गृहमन्त्री, विशेष घोषणा गर्न लागेको सुधनको जवाफ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध