‘अबको नेपाल हाक्ने युवा प्रदीप, गगन, विश्वप्रकाश’ « Khabarhub

‘अबको नेपाल हाक्ने युवा प्रदीप, गगन, विश्वप्रकाश’


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थशास्त्री एवं नेपाली कांग्रेसका युवा नेता डा. स्वर्णीम वाग्लेले नेपाली कांग्रेसभित्रका आशालाग्दा नेताहरूले अब युवाहरूको प्रतिनिधित्व गर्नुपर्ने बेला आएको बताएका छन् ।  

बुद्धिजीवी तथा पेशागत समूहले शनिबार काठमाडौंको विशाल नगरमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै डा। वाग्लेले प्रदीप पौडेल, गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएर युवाहरूको प्रतिनिधित्व गर्नुपर्ने बताएका हुन् ।

कांग्रेसभित्र मात्र नभइ राजनीतिमा नै आशा गरिएका तीन युवाहरूको खाँचो संसद्मा रहेको बताए । गतिशील अर्थतन्त्र निर्माणका लागि लागि तीन युवाहरूको हातेमालो गरेर अघि बढ्नुपर्ने डा। वाग्लेको धारणा रहेको छ । 

उनले भने, ‘मेरो अपेक्षा यही हो, प्रदीप पौडेल मेरा मित्र, नेपाली कांग्रेसमा आशालाग्दा केही अनुहारहरू हुनुहुन्छ । गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेललाई अब हामी एकै सासमा, एउटै रुपमा लिन्छौँ । उहाँहरु अब उभिएर निर्वाचित भएर काठमाडौं-५, काठमाडौं-४ र झापा-१ बाट आएर चाँहि तमाम युवाको प्रतिनिधित्व गर्नुहोस् । तमाम युवा पुस्तालाई नेतृत्व दिनुहोस् ।’ 

त्यसैगरी कांग्रेसले बोकेका नयाँ एजेण्डाहरूलाई बोकेर हिँड्नुपर्नेमा जोड दिँदै हजारौं लाखौँ अन्य पेशा व्यवसाय गर्ने युवाहरूलाई उत्साहित गर्नुपर्ने बताए । त्यसैगरी नेतृत्व परिवर्तनदेखि शासकीय सुधारका लागि समेत तीन युवाहरूले नेतृत्व गर्नुपर्ने र आफूले सोही अपेक्षा गरेको बताए ।

‘अब नेतृत्वको लागि इनफ इज इनफ भन्ने बेला आएको छ ।’ डा। वाग्लेले भने, ‘शासकीय सुधारदेखि लिएर, ट्रान्जिवल सब्सट्यान्टिभ एजेण्डामा अब उनीहरुले नेतृत्व गर्नुहोस् भन्ने मेरो अपेक्षा रहेको छ ।’ त्यसैगरी काठमाडौं क्षेत्र नं ५ का सबै उम्मेदवारहरूलाई जितको शुभकामना समेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  २ : ३० बजे

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्यसूची

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै

काठमाडौँ – नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले आफूनिकट समूहका नेताको

राष्ट्रियसभामा आज सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमाथि छलफल

काठमाडौँ-  सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको आज अपराह्न १ः१५ बजे बस्ने बैठकमा आर्थिक

डोल्पामा १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु

डोल्पा- डोल्पामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य

जेष्ठ वर्ण महाविहारलाई युनेस्कोको अवार्ड

काठमाडौँ – भारत सरकारको अनुदान सहयोगमा पुनर्स्थापना गरिएको ललितपुरस्थित ऐतिहासिक