आगामी निर्वाचन : स्वतन्त्रसहित दलहरूको प्रचारप्रसार तीव्र « Khabarhub

आगामी निर्वाचन : स्वतन्त्रसहित दलहरूको प्रचारप्रसार तीव्र


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आगामी मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि प्रमुख राजनीतिक दलका अलावा स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारले आआफ्नो क्षेत्रभित्र प्रचारप्रसारको कामलाई तीव्र पारेका छन् । मतदाताका घर आँगनमा पुगेर उम्मेदवारले आफ्ना एजेण्डा प्रस्तुत गर्दै मत मागिरहेका छन् । 

यसै क्रममा काठमाडौँको क्षेत्र नं ९ का उम्मेदवारले पनि मतदातासँग मत मागिरहेका छन् । वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट  सो क्षेत्रका उम्मेदवार कल्पना धमला र प्रदेशसभातर्फ २ का उम्मेदवार श्यामकृष्ण खड्काले आज चन्द्रागिरि नगरपालिका-१ दहचोकमा मतदातासँग मत मागेका छन् ।

वाम लोकतान्त्रिक गठबन्धनको महिला परिचालन तथा समन्वय समितिले आयोजना गरेको उम्मेदवार परिचयात्मक वडास्तरीय महिला भेलालाई सम्बोधन गर्दै प्रतिनिधिसभाका उम्मेदवार धमलाले संविधानको रक्षा र विकास तथा समृद्धिको लक्ष्य पूरा गर्ने उद्देश्यका साथ आफूहरू निर्वाचनको मैदानमा उत्रिएको बताए ।

उनले जनताको मतको दुरुपयोग नगर्ने, संविधानविपरीत गएर कुनै पनि काम नगर्ने, भ्रष्टाचार नगर्ने तथा जनताको दुःखसुखमा साथ दिने दृढता व्यक्त गरे । नेकपा (माओवादी केन्द्र) का नेत्रीसमेत रहेका उम्मेदवार धमलाले नेपाली जनताको शिर निहुराउने खालका कुनै पनि काम नगर्ने तथा आफू यही क्षेत्रको भएकाले कुनै अविश्वास नगर्न आग्रह गरे ।

उम्मेदवार धमलाले ६० वर्ष पुगेपछि आफू कुनै पनि कार्यकारी पदमा नबस्ने उल्लेख गर्दै विपक्षी उम्मेदवारभन्दा आफूले देश र जनताका पक्षमा धेरै सङ्घर्ष गरेको कुरा मतदाताले जानकारी पाएको बताए ।

कार्यक्रममा प्रदेशसभातर्फ २ का उम्मेदवार खड्काले वाम लोकतान्त्रिक गठबन्धनले मुलुकको दिगो हित र दीर्घकालीन लक्ष्य राखेकाले पराजित हुने छुट नभएको बताए । सो अवसरमा गठबन्धनका उम्मेदवारले सडक, पर्यटन तथा सीपमूलक रोजगारी तथा उद्यमशीलताको विकासका सन्दर्भमा आआफ्ना एजेण्डा प्रस्तुत गरेका थिए । सो क्षेत्रमा नेकपा (एमाले) का तर्फबाट पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ उम्मेदवार छन् । 

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ५ : १८ बजे

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्यसूची

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै

काठमाडौँ – नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले आफूनिकट समूहका नेताको

राष्ट्रियसभामा आज सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमाथि छलफल

काठमाडौँ-  सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको आज अपराह्न १ः१५ बजे बस्ने बैठकमा आर्थिक

डोल्पामा १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु

डोल्पा- डोल्पामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य

जेष्ठ वर्ण महाविहारलाई युनेस्कोको अवार्ड

काठमाडौँ – भारत सरकारको अनुदान सहयोगमा पुनर्स्थापना गरिएको ललितपुरस्थित ऐतिहासिक