बहुमत गठबन्धनको पक्षमा : कांग्रेस प्रवक्ता महत « Khabarhub

बहुमत गठबन्धनको पक्षमा : कांग्रेस प्रवक्ता महत


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कैलाली– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महतले मङ्सिर ४ गते हुने निर्वाचनमा बहुमत गठबन्धनको पक्षमा आउने बताएका छन् । नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संविधानको रक्षा, स्थिरता र समृद्धि सुनिश्चित गर्दछ भन्ने कुरा पनि यो छोटो समयको गठबन्धनको सरकारले संकेत गरिरहेको उनले उल्लेख गरे । 

प्रवक्ता महतले नेपाली जनताको पूर्ण म्यान्डेड र अनुमोदनका साथ नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्दा जुन लोकतान्त्रिक मूल्य र मान्यतामाथि यस भन्दा अघिको सरकारद्वारा प्रहार गरिएको थियो त्यो अहिले रोकिएको बताए ।

उनले भने, ‘अहिले देश एउटा सही बाटोमा उन्मुख छ ।’ नेता महतले अहिले देशमा सहिष्णु नेतृत्वको आवश्यकता रहेको र त्यो नेतृत्व पनि नेपाली कांग्रेसका पार्टी सभापति तथा अहिलेका प्रधानमन्त्रीले दिन सक्छन् भन्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ५ : ३६ बजे

इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट

हङकङ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा आर्थिक कारबाही घोषणा

‘अ क्लास अबभ’ कम्फर्ट, डिजाइन र प्रविधिसहित दिपल निभो क्यू ०५ नेपालमा सार्वजनिक

काठमाडौं– एमएडब्लू वृद्धिले अल–न्यू दिपल निभो क्यू ०५ नेपाली बजारमा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ ।

गाजामा सेना परिचालनबारे छलफल गर्न युगान्डा र बुरुन्डीका सैन्य अधिकारी इजरायलमा

तेल अभिव- गाजामा प्रस्तावित अन्तरराष्ट्रिय सुरक्षा बलमा सेना परिचालन गर्ने

कपिलवस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन, वार्षिक चार हजार ५०० मेट्रिक टन तेल उत्पादन गर्ने

कपिलवस्तु– मायादेवी गाउँपालिका–५, सिहोरहवामा करिब १२ करोडको लागतमा ‘भारद्वाज तेल