बंगलादेशलाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकपको सेमिफाइनलमा « Khabarhub

बंगलादेशलाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकपको सेमिफाइनलमा


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बंगलादेशलाई पाँच विकेटले पराजित गर्दै पाकिस्तान आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बंगलादेशले प्रस्तुत गरेको १२८ रनको लक्ष्य पाकिस्तानले १८ ओभर १ बलमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो ।

पाकिस्तान ग्रुप २ को उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो । पाकिस्तानले ५ खेलमा ६ अंक जोड्यो । शीर्ष स्थानको भारतको ४ खेलमा ६ अंक छ ।

पाकिस्तानका लागि ओपनर मोहम्मद रिजवानले ३२ बलमा २ छक्का र १ चौकाको मद्दतमा ३२ रनको योगदान गरे । मोहम्मद हरिसले १८ बलमा १ चौका र २ छक्का मद्दतमा ३१ रन बनाए । यसैगरी कप्तान बाबर आजमले २५ र सान मसुदले अविजित २४ रन जोडे ।

बंगलादेशका लागि मुस्ताफिजुर रहमान, साकिब अल हसन, नासुम अहमेद र एबादत हुसेनले समान १ विकेट लिए ।

समूह चरणको अन्तिम खेलमा टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय २७ रनको योगफल खडा गरेको थियो ।

बंगलादेशका लागि ओपनर नाजमुल हुसेन सान्टोले ४८ बलमा ७ चौका मद्दतमा ५४ रन जोडे । त्यस्तै अफिफ हुसैनले नटआउट २४ र सौम्य सरकारले २० रन जोडे । पाकिस्तानका साहिन शाह अफ्रिदीले ४ र सदाब खानले २ विकेट लिएका थिए ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  २ : ०१ बजे

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन

रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु