वीर अस्पतालमा एलर्जीको कारण पत्ता लगाउने ‘स्कीन प्रिक टेष्ट’ सुरु « Khabarhub

वीर अस्पतालमा एलर्जीको कारण पत्ता लगाउने ‘स्कीन प्रिक टेष्ट’ सुरु


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वीर अस्पतालले एलर्जीको कारण पत्ता लगाउने ‘स्कीन प्रिक टेष्ट’ सेवा सुरु गरेको छ । अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी प्रा.डा. भुपेन्द्रकुमार बस्नेतले आइतबार यो सेवा सुरु गरिएको घोषणा गरेका हुन् ।

स्कीन प्रिक टेष्टबाट सबै खालको एलर्जीको कारण पत्ता लाग्छ । यो सेवा सञ्चालनमा ल्याउने वीरको नाक, कान, घाँटी रोग विभाग प्रमुख डा. अनिता जिसीले एलर्जी के कारणले भयो भन्ने यस परीक्षणबाट थाहा पाइने र त्यसले उपचारमा सजिलो हुने बताइन् ।

स्कीन प्रिक टेष्ट सेवामा एक खालको सियोले छालामा घोचेर शरीमा एलर्जी गराउने तत्व पठाइन्छ । सो तत्वले तत्कालै एलर्जीको रियाक्सन देखाउछ । त्यसबाट के कारणले एलर्जी भएको हो भनेर पत्ता लाग्छ ।

हाच्छिउँ आउने, नाक चिलाउने, छालामा बिमिरा आउने, नाक बन्द हुने लक्षण एलर्जीको कारणले पनि हुने गर्छ । ‘एलर्जीको आस्थामा पनि हुन्छ । छाला र पेटमा समेत समस्या हुने भएकाले सबै समस्याको समाधानका लागि हामीले स्कीन प्रिक टेष्ट गर्दछौँ र कारण सहज ढंगले पत्ता लगाउँछौँ,’ डा. जिसीले भनिन् ।

उनले सरकारी अस्पतालमा यो सेवा टिचिङ अस्पतालबाहेक अन्त नभएको बताइन् । उनले केही निजी अस्पतालमा यो सेवा भएपनि अत्यन्त महङ्गो रहेको उल्लेख गरिन । ‘हामीले यो सेवा २ हजार रुपैयाँमा दिदैछौँ । बाहिर निजी अस्पतालहरुमा यस्तो सेवा लिनका लागि १० हजार रुपैयाँ सम्म तिर्नुपर्ने बाध्यता छ,’ उनले भनिन् ।

प्रमुख कार्यकारी अधिकारी डा. बस्नेतले आम सर्वसाधारणको सहज पहुँच भएको वीर अस्पतालबाट अति विशिष्ट सेवा बढाउने क्रममा यो सेवा थपिएको बताए । उनले यो सेवा सुरु गर्न अहिले जनशक्ति पर्याप्त रहेको समेत बताए ।

उनले वीरमा इएनटीको ओपीडी हप्ताको छ दिन चले पनि अप्रेसनका लागि तीन दिन मात्रै छुट्याइएको र यसले लामो समय पालो नपाउने अवस्था रहेको बताए ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  २ : ५८ बजे

कांग्रेसको दोस्रो पुस्ता जुर्मुराउँदा एमालेमा हलचल !

काठमाडौं- पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री

उत्सर्जन कटौती सुस्त हुँदा फ्रान्सको जलवायु लक्ष्य संकटमा

एजेन्सी– फ्रान्सले सन् २०२५ मा लगातार दोस्रो वर्ष पनि हरितगृह

यश स्टारर ‘टक्सिक’ टिजरमाथि अश्लील दृश्यको आरोप

काठमाडौं — केजीएफ स्टार यशको बहुप्रतीक्षित फिल्म ‘टक्सिकः ए फेयरिटेल

सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुशासन कार्यान्वयन गर्न

कांग्रेस संस्थापनको तयारी : बालुवाटारमा कुरा नमिले गगन-विश्वप्रकाशलाई सानेपाबाट निष्कासन गर्ने

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्षले विशेष महाधिवेशन आयोजक महामन्त्रीद्वय गगन