नेपाल–चीन उद्योग वाणिज्य संघको अध्यक्षमा तुलाधर निर्विरोध « Khabarhub

नेपाल–चीन उद्योग वाणिज्य संघको अध्यक्षमा तुलाधर निर्विरोध


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल–चीन उद्योग वाणिज्य संघको अध्यक्षमा त्रिभुवनधर तुलाधर निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंमा सोमबार सम्पन्न २० औं वार्षिक साधारण सभाले संघको अध्यक्षमा तुलाधरलाई निर्विरोध चयन गरेको हो ।

संघका पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष राजुबाबु श्रेष्ठ, उपाध्यक्ष राष्ट्रभुषण चाकुबाजी, महासचिव विवेक पौडेल, कोषाध्यक्ष जगत बहादुर श्रेष्ठ चयन भएका छन् । नेपाल तथा चीनबीचको आर्थिक, व्यापारिक तथा पर्यटन प्रवर्द्धनका लागि सन् १९९९ मा नेपाल–चीन उद्योग वाणिज्य संघको स्थापना भएको हो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष त्रिभुवनधर तुलाधरले सबै सहकार्य तथा राय सुझावबाट संघका गतिविधिहरु प्रभावकारी रुपमा अगाडि बढाउने बताए ।

चीनका विभिन्न संघ संगठनहरुसँग सम्बन्ध विस्तार गरी व्यापारिक प्रतिनिधिमण्डलको आदान–प्रदान, व्यापार मेलाहरुमा सहभागिता आदि कार्य गरी दुई देशबिचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई प्रगाढ बढाउन प्रयास गर्ने उनले बताए । कार्यक्रममा उनले सम्पूर्ण कार्य समिति सदस्यहरुको राय सुझावलाई मनन गर्दै संघको भावी योजना तयार गरि अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दै सवैको साथ र सहयोगको अपेक्षा गरे ।

कार्य समिति सदस्यमा अभिनव राणा, अन्जु पौडेल, विजय मुल्मी, ज्ञानेन्द्र लाल प्रधान, हुवाङ एर टोङ, लिमा अधिकारी, मदन मित्तल, मनिस राजभण्डारी, निराजन तिवारी, पासाङ नोर्बु, रविन श्रेष्ठ, राजेन्द्र मान शेरचन, विक्रम पाँडे, रमेश शर्मा, सोफी उपाध्याय, सोभित उप्रेती, सुमित कुमार अग्रवाल तथा ज्ञानेन्द्र रत्न तुलाधर निर्वाचित भएका छन् ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ५ : ०४ बजे

प्रधानमन्त्रीलाई रक्षा बमको प्रश्न- राष्ट्रलाई सम्बोधन कहिले ?

 काठमाडौं– जेन-जी अभियन्ता रक्षा बमले प्रधानमन्त्री वालेन्द्र शाहलाई संसद्‌मा सम्बोधन गर्न आग्रह

ट्राफिकसँग रहेका नौ हजार सक्कली कागजपत्र लिन कोही आएनन्

चितवन– जिल्ला ट्राफिक कार्यालयले जाँचका क्रममा नियन्त्रणमा लिइएको सवारीचालक अनुमतिपत्रसहितका

दोस्रो आर्थिक गणना सुरु 

काठमाडौं– राष्ट्रिय आर्थिक गणना अन्तर्गत स्थलगत तथ्याङ्क सङ्कलन कार्य देशैभर

अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइयो

महेन्द्रनगर– अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा यहाँस्थित सशस्त्र प्रहरी बल वैद्यनाथ

सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन

नवलपरासी– पश्चिम नवलपरासीको जिल्ला प्रशासन कार्यालयले आजदेखि आफ्नै भवनबाट सेवा दिन