२० दिनमै सकियो सुरक्षा र बेनिषाको ‘घर’, दर्शक तर्सिर्ने टिमको दावी « Khabarhub

२० दिनमै सकियो सुरक्षा र बेनिषाको ‘घर’, दर्शक तर्सिर्ने टिमको दावी


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्पण थापा निर्देशित फिल्म ‘घर’ को छायांकन सकिएको छ । हरर जानरामा निर्माण भएको यो फिल्म फ्लोरमा गएको २० दिनमै छायांकन सकिएको हो ।

निर्माण टिमका अनुसार फिल्ममा अर्पण थापा, वेनिषा हमाल र सुरक्षा पन्तको मुख्य भूमिका छ ।

निर्देशक अर्पणकै कथा रहेको यो फिल्मले दर्शकलाई छुट्टै आनन्द दिने निर्माण टिमको दावी छ । डीएस डिजिटलको ब्यानरमा निर्माण भएको यो फिल्ममा दीपेन्द्र के खनाल र सुरज पाण्डे प्रस्तुतकर्ताका रुपमा छन् भने शर्मिला पाण्डे निर्मात्री छिन् ।

प्रस्तुतकर्ता दीपेन्द्र के‍. खनालले फिल्मले दर्शकलाई तर्साउने दावी गरे । फिल्ममा भीएफएक्स तथा सम्पादनको काम भने बाँकी छ ।

चलचित्रमा सुरक्षा अर्पणकी श्रीमतीको भूमिकामा भएको बताएको छ । वेनिषाको भूमिकाका बारेमा भने केही खुलाइएको छैन ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ८ : ४५ बजे

साफ महिला क्लब च्याम्पियनसिपः एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भद्रपुर– यहाँको बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन