स्विडेनका निश्चित सार्वजनिक स्थानमा धूमपानमा प्रतिबन्ध « Khabarhub

स्विडेनका निश्चित सार्वजनिक स्थानमा धूमपानमा प्रतिबन्ध


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्टकहोम- स्विडेनमा निश्चित सार्वजनिक स्थानमा धूमपान गर्न प्रतिबन्ध लागेको छ । सोमबारबाट लागू भएको नयाँ नियमअनुसार खेलमैदान तथा रेल स्टेशनसहित सार्वजनिक स्थानमा अब धूमपान गर्न पाइने छैन ।

त्यस्तै, नयाँ नियमअनुसार रेष्टुरेन्टको बाहिरी क्षेत्रमा पनि धूमपान गर्न पाइने छैन । पछिल्लो नियममा परम्परागतसहित विद्युतीय चुरोट पनि समेटिएको छ ।

स्विडेनको १ करोड जनसङ्ख्यामध्ये ११ प्रतिशतले नियमित धूमपान गर्ने गरेको तथ्याङ्क छ । त्यस्तै, १० प्रतिशतले कहिलेकहीँ मात्र धूमपान गर्ने गर्छन् ।

स्विडेनले पहिलोपटक सन् २००५ मा बार र रेष्टुरेन्टमा धूमपानमा प्रतिबन्ध लगाएको थियो । स्विडेनले सन् २०२५ सम्म मुलुकलाई धूमपानमुक्त बनाउने उद्देश्यका साथ नयाँ नियम लागू गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ६ : ११ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म (भिडियोसहित)

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा