अमेरिकामा मध्यावधि निर्वाचन हुँदै « Khabarhub

अमेरिकामा मध्यावधि निर्वाचन हुँदै


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकामा मध्यावधि निर्वाचन हुँदैछ । यस निर्वाचनमा अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभको ४३५ तथा माथिल्लो सदन सिनेटको ३५ सिटका लागि उम्मेदवारहरु प्रतस्पिर्धामा छन् । यसबाहेक ३६ राज्यमा गभर्नरहरुको पनि चुनाव हुँदैछ ।

अमेरिकाका केही राज्यहरुमा निर्वाचनको दिनअघि नै हुलाकमार्फत् मतदान गर्न मिल्ने व्यवस्था रहेपनि अधिकांश अमेरिकी मतदाता आजै मतदान केन्द्रमा पुगेर मतदान गर्दैछन् । पूर्वी अमेरिकाको आन्ध्र महासागरीय तट क्षेत्रमा रहेका राज्यहरुमा बिहान सबेरै ५ बजेबाट मतदानको व्यवस्था गरिएको छ ।

यस मध्यावधि निर्वाचनले राष्ट्रपति जो बाइडेनको लोकप्रियताको जाँच गर्ने टिप्पणी गरिएको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार हाल दुबै सदनमा अल्पसङ्ख्यक दल रहेको रिपब्लिकन पार्टीले तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभमा सबैभन्दा धेरै सिट जित्ने आँकलन गरिएको छ ।

यद्यपि सिनेटका लागि भने डेमोक्र्याटिक र रिपब्लिकन पार्टीबीच तीव्र प्रतिस्पर्धा हुने अमेरिकी सञ्चारमाध्यमले आँकलन गरेको बीबीसीले उल्लेख गरेको छ ।

यस निर्वाचनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियता पनि जाँच गर्ने विश्लेषण गरिएको छ । केही दिनअघिमात्रै अमेरिकी सञ्चारमाध्यमले सन् २०२४ का लागि हुने राष्ट्रपतीय निर्वाचनका लागि ट्रम्पले केही दिनभित्रै औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने जनाएका थिए ।

निर्वाचनको पूर्ण परिणाम आउन भने केही दिनसम्म लाग्न सक्ने बताइएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ३ : ३५ बजे

संसद पुनर्स्थापनासम्बन्धी कांग्रेसको पूरक रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं– नेपाली कांग्रेससहित ६८ सांसदको हस्ताक्षरसहित प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्चमा

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका

काँकरभिट्टाबाट पाँच महिनामा करिब ८ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष (आव) २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

चिसोमा न्यानो पार्ने उपकरणको गलत प्रयोग : अकालमा जान्छ ज्यान

काठमाडौं– अहिले हामी पुस महिनाको सुरुवाती अवस्थामा छौं। देशभर दिनप्रतिदिन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, महाधिवेशनको कार्यतालिका हेरफेर हुन सक्ने

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।