प्रदेश नं १ का वन मन्त्री थापाको निधन « Khabarhub

प्रदेश नं १ का वन मन्त्री थापाको निधन


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

विराटनगर – प्रदेश नं १ का वन, वातावरण तथा भूसंरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको छ।

डेंगु संक्रमण भएर उपचाररत ५६ वर्षीय थापाको आज बिहान विराटनगरस्थित नोबेल अस्पतालमा निधन भएको हो ।

मंगलबार मात्रै नोबेल अस्पतालमा भर्ना गरिएका मन्त्री थापाको आज बिहान साढे १० बजे निधन भएको अस्पतालका निर्देशक नारायण दाहालले बताए ।

थापाको यसअघि काठमाडौँको ह्याम्स लगायतका अस्पतालमा उपचार गरिएको थियो। आगामी ४ मंसिरमा हुन लागेको प्रदेश सभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ (क) मा कांग्रेसबाट प्रदेशसभा उम्मेदवार रहेका थापा उम्मेदवारी दर्ताको भोलिपल्ट असोज २४ गते काठमाडौँको ह्याम्स अस्पताल भर्ना भएका थिए।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  १२ : ५४ बजे

ह्यारी केन बने जर्मनीको ‘प्लेयर अफ द इयर’ जित्ने पहिलो अंग्रेजी खेलाडी

म्युनिख – बार्यन म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन जर्मनीको ‘प्लेयर

आर्थिक संकट र अमेरिकी घेराबन्दीबीच इरानमा इन्धनको मूल्य बढाउने तयारी

तेहरान – अमेरिकी प्रतिबन्ध र निरन्तरको युद्धका कारण थलिएको अर्थतन्त्रलाई

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ ८ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६