'उद्योगग्राम स्थापना गरी रोजगारी उपलब्ध गराउँछौँ'  | Khabarhub Khabarhub

‘उद्योगग्राम स्थापना गरी रोजगारी उपलब्ध गराउँछौँ’ 


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

तनहुँ– नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्यको तनहुँ क्षेत्र नं १ का उम्मेदवार रामचन्द्र पौडेलले जिल्लामा उद्योगग्राम र औद्योगिक स्थापना गरेर रोजगारीको व्यवस्था मिलाइने बताएका छन् ।

जिल्लाको भानु नगरपालिका-१३ पोखरीछापमा आज आयोजित कार्यक्रममा उनले कृषि, पर्यटन र ऊर्जाको विकास गरेर उद्योगग्राम र औद्योगिक क्षेत्रको स्थापना गरी लगानी भित्र्याएर रोजगारी सिर्जना गर्ने आफ्नो योजना रहेको बताए ।

नेता पौडेलले गाउँ-गाउँमा साना-ठूला कृषिजन्य र अन्य उद्योग स्थापना गराई स्वदेशमै रोजगारी, गाउँ-गाउँमा आम्दानीको अवसर सिर्जना गर्न आफ्नो उम्मेदवारी रहेको बताए । धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनलाई विशेष प्राथामिकता दिँदै आन्तरिक एवं बाह्य पर्यटक भित्र्याएर पर्यटन क्षेत्रमा फड्को मार्ने योजना अघि बढाइएको उनले बताए ।

गठबन्धन मुलुकलाई अग्रगमनतिर लैजान गरिएको बताउँदै उनले प्रतिगामीलाई परास्त गर्न, सहिद तथा सपूतको बलिदानी, त्याग र तपस्यालाई साकार बनाउन गठबन्धन गरिएको बताए। संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै देशमा सुशासन कायम गर्न गठबन्धन आवश्यकता देखिएकाले गठबन्धन गरी देशलाई निकास दिन सँगसँगै लागेको नेता पौडेलले जोड दिए।

‘मैले ल्याएको केही विकासका योजना अधुरा रहेकाले त्यसलाई पूरा गर्ने बाचासहित तपाईँहरूको घरदैलोमा आएको हुँ’, उनले भने, ‘यसपटक गठबन्धनका उम्मेदवारलाई बहुमत दिएर जिताउन आग्रह गर्दछु ।’

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ६ : २६ बजे

‘बिग्रिएको ग्याष्ट्रिकले अल्सर हुँदै क्यान्सर निम्त्याउँछ भन्ने बुझाइ गलत’ 

मलाई ग्याष्ट्रिकको समस्या छ नभन्ने मान्छे प्राय बिरलै भेटिन्छन् ।

साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक खर्ब ६६

स्थानीय निकायबाट आधारभूत स्वास्थ्य सेवा प्रवाह हुँदै

मोरङ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आगामी असोज मसान्तसम्ममा स्थानीय

लिपुलेक नाका सम्बन्धी भारत–चीन सहमतिको विरोध (तस्बिरहरू)

काठमाडौं– संयुक्त विद्यार्थी संगठनले भारत र चीनबीच हालै भएको लिपुलेक

वर्षौँपछि पाकिस्तानका परराष्ट्रमन्त्रीको बंगलादेश भ्रमण

ढाका- पाकिस्तानका परराष्ट्रमन्त्री इसहाक डार शनिबार बंगलादेशको भ्रमणमा गएका छन्