सडक विस्तारका क्रममा अप्टिकल फाइबर काटिँदा चितवन र नवलपुरमा टेलिकमको नेटवर्कमा समस्या | Khabarhub Khabarhub

सडक विस्तारका क्रममा अप्टिकल फाइबर काटिँदा चितवन र नवलपुरमा टेलिकमको नेटवर्कमा समस्या


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चितवन र नवलपुर क्षेत्रमा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । सडक विस्तारको क्रममा जथाभावी डोजर चलाएर नेपाल टेलिकमको अप्टिकल फाइबर काटिँदा तीन दिनदेखि नेटवर्कमा समस्या आएको हो ।

मोबाइलमा फोन नलाग्ने, बोलेको नबुझिने, इन्टरनेट नचल्ने गर्दा नेपाल टेलिकमका सेवाग्राही समस्यामा परेका छन् । फाइबर काटिँदा १३ देखि १४ वटा बिटीएस डाउन भएको दूरसञ्चार कार्यालय भरतपुरले जानकारी दिएको छ ।

भरतपुरका दुई ठाउँ र नवलपुरको गैँडाकोटमा फाइबर काटिएको दूरसञ्चार कार्यालय भरतपुरका प्रमुख नवीनकुमार मिश्रले जानकारी दिए ।

उनका अनुसार भरतपुर एयरपोर्ट अगाडि र सप्तगण्डकी क्याम्पस चोकमा भएको समस्या पत्ता लागेको छ भने गैँडाकोटमा अझै समस्या पत्ता लागेको छैन । भरतपुरको समस्या आज साँझसम्म समाधान गर्ने गरी काम भइरहेको उनले बताए ।

सडक विस्तारका क्रममा दूरसञ्चार कार्यालयलाई जानकारी नदिई तार काट्दा पटक–पटक समस्या हुने गरेको मिश्रले बताए । थोरै सावधानी नअपनाउँदा नागरिकलाई सास्ती र नेपाल टेलिकमलाई लाखौँ रुपैयाँ घाटा हुने गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ८ : ५५ बजे

प्रेस युनियनको एक सय दिने सदस्यता विशेष अभियान सुरु

काठमाडौं – नेपाल प्रेस युनियनले एक सय दिने ‘सदस्यता विशेष

सिसुवाखोलामा पक्की पुल

सङ्खुवासभा – सङ्खुवासभाको सिलिचोङ गाउँपालिकाको सिसुवाखोलामा निर्माण सम्पन्न भएको ४५

तेहरानमा पानी सङ्कटः खानेपानीको खपत कम गर्न राष्ट्रपतिको आग्रह

तेहरान – इरानका राष्ट्रपति मसूद पेजेस्कियानले पानीको खपत नरोकिए केही

ताप्लेजुङ गोल्डकप साउन अन्तिम सातादेखि

ताप्लेजुङ – तेस्रो अन्तर्राष्ट्रिय ताप्लेजुङ गोल्डकप यही साउन २४ गतेदेखि

क्यानाडाले प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिँदा अमेरिका र इजरायल क्रुद्ध

काठमाडौं– इजरायलमाथि दबाब बढाउन फ्रान्स र बेलायतपछि क्यानाडाले पनि प्यालेस्टाइनलाई