बिच भलिबल प्रतियोगिताका लागि आठ खेलाडी छनोट « Khabarhub

बिच भलिबल प्रतियोगिताका लागि आठ खेलाडी छनोट


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल भलिबल संघ (एनभिए) ले बंगलादेशमा आयोजना हुने बिच भलिबलको खुला छनोट पूरा गरेको छ। एनभिएले कीर्तिपुरस्थित त्रिवि विश्वविद्यालय परिसरमा रहेको कोर्टमा खुला छनोट गरेको हो।

छनोटमा  विजेता र उपविजेता भएका महिला तथा पुरुष दुवै टोलीलाई बन्द प्रशिक्षणमा राख्ने एनभिएले जनाएको छ। प्रतियोगिताका लागि ढाका प्रस्थान गर्नु अघि मात्रै एक-एक टोलीको टुङ्गो लाग्नेछ।

छनोटमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडी पहिलो भएको थियो। एपिएफ क्लबका राजकुमार निरौला र लक्ष्मण राना दोस्रो भएका थिए।

महिलातर्फ नेपाल पुलिस क्लबका कोपिला उप्रेती र कमला पुनको जोडी पहिलो भएका थिए भने एपिएफ क्लबका निरुता थगुन्ना र रेश्मा भण्डारीको जोडी दोस्रो भए।

बिच भलिबल डिसेम्बर २६ देखि ३१ सम्म ढाकामा हुँदैछ। बिच भलिबलमा  सहभागी हुन अफगानिस्तान, अस्ट्रेलिया, भुटान, चिन, भारत, इरान, ताजकिस्तान, कीर्गिस्तान, माल्दिभ्स, मलेसिया, नेपाल, पाकिस्तान, सिंगापुर, श्रीलंका, ताजकिस्तान, थाइल्यान्ड, तुर्कमिनिस्तान, युएई र उज्वेकिस्तानलाई निमन्त्रणा गरिएको छ। प्रतियोगितामा सहभागी जनाउने सबै टोलीको टुङ्गो भने लागिसकेको छैन।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  ९ : १६ बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा