पुटिन जी २० को शिखर सम्मेलनमा सहभागी नहुने « Khabarhub

पुटिन जी २० को शिखर सम्मेलनमा सहभागी नहुने


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

किभ – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को हप्ता इन्डोनेसियाको बालीमा हुने जी २० नेताहरूको शिखर सम्मेलनमा सहभागी नहुने इन्डोनेसियास्थित मस्कोको दूतावासले जनाएको छ ।

‘म पुष्टि गर्न सक्छु कि (परराष्ट्र मन्त्री) सर्गेई लाभरोभले जी २० मा रुसी प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । राष्ट्रपति पुटिनको कार्यक्रममा अझै काम भइरहेको छ, उनी भर्चुअल रूपमा भाग लिन सक्छन्’, दूतावासका प्रोटोकल प्रमुख युलिया टोमस्कायाले भने ।

शिखर सम्मेलनमा भाग लिने अमेरिकी राष्ट्रपति जो बाइडेनले यसअघि पुटिनलाई बालीमा भेट्ने कुनै मनसाय नभएको बताएका थिए । उनले पुटिनलाई ‘युद्ध अपराधी’ भन्दै आएका छन् ।

मस्कोले आफ्नो युक्रेन अभियानमा घाटा भोगिरहेको र क्रेमलिनले नोभेम्बर १५ देखि १६ सम्म आयोजना हुने शिखर सम्मेलनमा पश्चिमी निन्दाबाट आफूलाई जोगाउने प्रयास गरिरहेको अनुमानबीच पछिल्लो निर्णय आएको हो ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  १० : ५७ बजे

कर्णालीका ७९ स्थानीय तहमा एक चौथाइ दरबन्दी रिक्त

कर्णाली– भौगोलिक रूपमा विकट मानिने कर्णाली प्रदेशका ७९ स्थानीय तहमा

नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) ले ‘छ स्तम्भ, साठी

सुकुम्वासी बस्तीमा डोजर चलाएको सरकारले ऐलानीमा के गर्ला ?

काठमाडौं- वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले काठमाडौं उपत्यकास्थित सार्वजनिक ठाउँमा

विराटनगरमा भेट भए कोशी र गण्डकीका मुख्यमन्त्री

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र गण्डकी प्रदेशका मुख्यमन्त्री

हुरीबतास र चट्याङ बढेसँगै सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं– हुरीबतास तथा चट्याङका घटना बढ्न थालेसँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा