डीपीएलमा रुपन्देहीको लगातार दोस्रो जीत, करणको टिम पराजित « Khabarhub

डीपीएलमा रुपन्देहीको लगातार दोस्रो जीत, करणको टिम पराजित


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पुनित मेहराको अलराउन्ड प्रदर्शनमा रुपन्देही च्यालेन्जर्सले धनगढी प्रिमियर लिग (डीपीएल) मा लगातार दोस्रो जीत दर्ता गरेको छ । मंगलबार फाप्ला क्रिकेट मैदानमा भएको खेलमा रुपन्देहीले विराटनगर किङ्सलाई ५ विकेटले पराजित गरेको हो ।

विराटनगरले दिएको ९४ रनको लक्ष्य पछ्याएको रुपन्देहीले १३.१ ओभरमा ९५ रन बनाउँदै लक्ष्य पुरा गरेको हो । ओपनिङ ब्याट्सम्यान सन्दीप सुनार शुन्य र अर्को ओपनिङ ब्याटस्म्यान प्रदिप ऐरी २ रनमा आउट भइपछि दबाबमा आएको रुपन्देहीका लागि तेस्रो विकेटका रुपमा मैदान प्रवेश गरेका बाबर हायतले ब्याटिङ इनिङ्स सम्हालेका थिए ।

हायत १७ रनमा आउट भए भने अर्का ब्याट्सम्यान विनोद भण्डारी ७ रनमा आउट भएपछि दबाबमा आएको रुपन्देहीका लागि पुनित मेहराले उत्कृष्ट ब्याटिङ गर्दै टिमको ब्याटिङ लाइन सम्हालेका थिए ।

उनले २७ बलमा ४ छक्का र २ चौका प्रहार गरे । त्यस्तै, भीम सार्कीले नटआउट रहँदै १२ रन बनाए ।

रुपन्देहीविरुद्ध विराटनगरका अभिनास यादवले २ विकेट लिए भने कप्तान करण केसी, सुशान भारी र साम्सद शेखले समान १—१ विकेट लिए । यसअघि टस जितेर पहिलो ब्याटिङको निर्णय गरेको विराटनगरका लागि नटआउट रहेका राजेश पुलामी मगरले १७ रन तथा असदुल्ला खानले १६ रन बनाए भने कुशल भुर्तेलले १२ तथा साम्सद शेखले १० रन बनाएका थिए ।

विराटनगरविरुद्ध रुपन्देहीका बलरले उत्कृष्ट प्रदर्शन गर्दै ९३ रनमा समेट्न सफल भए । जसमा रुपन्देहीका लागि भारतीय खेलाडी पुनित मेहराले ४ ओभर बलिङ गर्दै १ मेडन ओभर राख्दै २० रन खर्चेर ३ विकेट लिए ।

त्यस्तै, समान ४ ओभर बलिङ गरेका ललितनारायण राजवंशी र कप्तान वसन्त रेग्मीले समान २—२ विकेट लिए ।

पहिलो खेलमा म्यान अफ दी म्याच घोषीत विक्रम शोव र कृष्ण कार्कीले समान १—१ विकेट लिए ।

जितसँगै रुपन्देहीले ४ अंक जोडेको छ भने पराजित विराटनगरले अंक जोड्न सकेको छैन ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ४ : १५ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने