लेबनान पाँचौं पटक पनि नयाँ राष्ट्रपति चयन गर्न असफल « Khabarhub

लेबनान पाँचौं पटक पनि नयाँ राष्ट्रपति चयन गर्न असफल


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  लेबनानको संसद्ले बिहीबार पनि नयाँ राष्ट्रपति चयन गर्न असफल भएको छ । राजनीतिक दलहरूले रिक्त राष्ट्रपति पदका लागि आवश्यक मत नपुक्दा नयाँ राष्ट्रपतिको निर्वाचन अन्योलमा परेको राष्ट्रिय समाचार एजेन्सीले उल्लेख गरेको छ।

कुल १२८ मध्ये १०८ जना सांसदको सहभागिता रहेको मतदान सत्रमा संसद सदस्य मिसेल मोवाडलाई ४४ मत, प्राध्यापक इसाम खलिफेलाई ६ मत, पूर्व गृहमन्त्रीलाई एक मत परेको थियो ।

यसैगरी जियाद बराउड र लेबनानको उच्च परिषद को पूर्व महासचिव जियाद हायेकको लागि एक भोट परेको थियो भने ४७ भोट खाली थियो।

अक्टोबर ३१ मा समाप्त भएको पूर्व राष्ट्रपति मिशेल आऊनको उत्तराधिकारी चयन गर्न संसद असफल भएको यो पाँचौं पटक हो । योसँगै देश थप राजनीतिक अनिश्चिततामा पुगेको छ ।

लेबनानको राष्ट्रपति पद यसअघि पनि पटक(पटक खाली भइसकेको छ । लेबनानको सदनका सभामुख नाबिह बेरीले नयाँ राष्ट्रपतिको निर्वाचनका लागि नोभेम्बर १७ मा अर्को संसदीय अधिवेशन बोलाउन आह्वान गरेका छन्।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  ८ : २१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै