माल्टामा मृत्युभएकी ढुंगेलको शव नेपाल ल्याइयो « Khabarhub

माल्टामा मृत्युभएकी ढुंगेलको शव नेपाल ल्याइयो


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – माल्टा पुगेको भोलिपल्टदेखि नै बिरामी भएर एक महिना उपचारपछि मृत्यु भएकी इलाम सुर्योदयकी विनिता ढुंगेलको शव आज नेपाल ल्याइएको छ ।

एनआरएनए माल्टाका अध्यक्ष भुवन अर्यालको विशेष पहलमा ढुंगेलको शव नेपाल ल्याइएको हो । अर्यालको नेतृत्वमा एनआरएनएको सिंगो टिम नै ढुंगेलको शव नेपाल फर्काउने प्रक्रियामा सक्रिय थियो ।

माल्टा पुगे पनि काम नथाल्दै मृत्यु भएकाले ढुंगेलको शव नेपाल फर्काउन आर्थिक र अन्य कानुनी समस्या परेको थियो । तर एनआरएनए अध्यक्ष अर्यालको नेतृत्वमा माल्टामा रहेका नेपालीहरूसँग आर्थिक सहयोग संकलन गरेर शव पठाइएको हो ।

यस्तै माल्टाको कानुनी व्यवधान समाधानका लागि पनि आवश्यक पहल गरिएको थियो । कुटनीतिक पहल मार्फत् शव फिर्ता पठाउन सफल भएको जनाउँदै अध्यक्ष अर्यालले ढुंगेलको परिवारले नै अन्तिम संस्कार गर्न पाउनु दुखद् घटनाबीच पनि सकारात्मक भएको बताए ।

४५ दिनअघि रोजगारीका लागि माल्टा पुगेकी ढुंगेल पुगेको भोलिपल्टदेखि नै डेंगुको उपचारका लागि अस्पताल भर्ना भएकी थिइन् । एनआरएनए माल्टाकै पहलमा ढुंगेलको उपचार भएको थियो ।

यसैबीच माल्टामै मृत्यु भएका आकास बुलिमको शव पनि नेपाल फर्काउने पहल भइरहेको अध्यक्ष अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  ९ : २२ बजे

वेस्ट ब्यांकमा इजरायली सेनाको गिरफ्तारी अभियान, १७ प्यालेस्टिनी पक्राउ

काठमाडौं– इजरायली सेनाले कब्जामा रहेको वेस्ट ब्यांकका विभिन्न क्षेत्रमा सञ्चालन

स्वास्थ्य प्रतिष्ठानमा निमित्त निर्देशक नियुक्त

काठमाडौं– सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी

लिपुलेकमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास गर्न सांसदहरूको आग्रह

काठमाडौं– संसदीय समितिमा वार्ता र संवादका माध्यमबाट नेपालको लिपुलेक, कालापानी

सिंहदरबारमा संवैधानिक परिषद् बैठक, नयाँ प्रधानन्यायाधीशको टुङ्गो लगाउँदै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा बिहीबार अपरान्ह संवैधानिक परिषदको बैठक सुरू

कर्णालीका ७९ स्थानीय तहमा एक चौथाइ दरबन्दी रिक्त

कर्णाली– भौगोलिक रूपमा विकट मानिने कर्णाली प्रदेशका ७९ स्थानीय तहमा