थुनामा पठाउने आदेशविरुद्ध पल शाहद्वारा उच्च अदालतमा पुनरावेदन « Khabarhub

थुनामा पठाउने आदेशविरुद्ध पल शाहद्वारा उच्च अदालतमा पुनरावेदन


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आफूलाई थुनामा पठाउने नवलपुर जिल्ला अदालतको आदेशविरुद्ध अभिनेता पल शाह उच्च अदालत पोखरा गएका छन् । 

नवलपुर अदालतले  बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै जरिवाना, क्षतिपूर्ति रकमसहित साढे दुई वर्ष कैद सजाय सुनाएको फैसलाविरुद्ध अभिनेता शाहले शुक्रबार उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् । 

जिल्ला अदालतको फैसला उल्ट्याएर आफूलाई सफाइ दिनुपर्ने माग गर्दै उनले पुनरावेदन गरेका हुन् । नवलपुर अदालतले बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै अभिनेता शाहलाई २५ हजार रुपैयाँ जरिवाना, पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति र साढे दुई वर्ष कैदको फैसला सुनाएको थियो । उक्त फैसलाविरुद्ध उनले पुनरावेदन गरेका हुन् । 

सोही प्रकृतिको उनीविरुद्धको अर्को मुद्दा तनहुँ जिल्ला अदालतमा विचाराधीन अवस्थामा छ । तनहुँ अदालतले पनि उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।  अभिनेता शाह हाल तनहुँ कारागारमा छन् ।

 

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ५ : ०३ बजे

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव