महोत्तरीमा निर्वाचन तयारी पूरा | Khabarhub Khabarhub

महोत्तरीमा निर्वाचन तयारी पूरा


२७ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि कर्मचारी व्यवस्थापनको काम जिल्लामा सकिएको छ। जिल्लाका सबै मतदानस्थल र मतदान केन्द्रका लागि चार हजार पाँच जना जनशक्ति परिचालन गरिएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय जलेश्वरले जनाएको हो।

“जिल्लाका दुई सय ५८ मतदानस्थलका चार सय ९९ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्रसहित पाँच सय एकवटै केन्द्रका लागि मतदान अधिकृतसहितका आवश्यक जनशक्ति व्यवस्थापन गरिएको छ”, मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले भने, “अब धमाधम खटिएका कर्मचारीलाई अभिमुखीकरण तालिम दिएर नियुक्ति दिँदै सम्बन्धित केन्द्रमा पठाइँदै गरिएको छ।” जिल्लाका चार प्रतिनिधिसभा क्षेत्रमध्ये तीनवटाको तालिम सम्पन्न भएको र एक क्षेत्रको आज आइतबार सकिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

जिल्लाभरिमा तोकिएका मतदान केन्द्र र दुई अस्थायी केन्द्र (सैनिक ब्यारेक र कारागार)मा मतदान कार्यका लागि दक्ष जनशक्ति व्यवस्थापन भएको छ। मतदान केन्द्रको मतदाता सङ्ख्या र संवेदनशीलतालाई मध्यनजर गरिँदै तीनदेखि आठ जनासम्मको जनशक्ति खटाइएको मुख्य निर्वाचन अधिकृत सेनको भनाइ छ। क्षेत्रगतरूपमा प्रतिनिधिसभा क्षेत्र–१ मा नौ सय ८३, २ मा एक हजार १९, ३ मा एक हजार २७ र ४ मा नौ सय ७६ कर्मचारी खटाइएको कार्यालयले स्पष्ट पारेको छ। यसका अतिरिक्त सुरक्षा प्रबन्धका लागि जनशक्ति परिचालित गरिएको छ।

कर्मचारी खटनपटनसँगै सबै मतदान केन्द्रमा मतदान सामग्री (मतपत्र र अन्य बन्दोबस्तीका समान) पुगेका जनाइएको छ। सबै मतदान केन्द्रका लागि आवश्यक जनशक्ति र सामग्री बन्दोबस्तको काम सकिएपछि अब मतदान पूर्वतयारीको काम (मतपत्र प्याकिङ, सर्टिङ, रुजु र शिलबन्दी) भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत महेन्द्र झाले जानकारी दिए।

चार प्रतिनिधिसभा र आठ प्रदेशसभा क्षेत्र रहेको जिल्लामा आसन्न मङ्सिर ४ को निर्वाचनका लागि तीन लाख ९७ हजार ३० मतदाता छन्। तीमध्ये सबैभन्दा बढी क्षेत्र नं ३ मा ९९ हजार नौ सय ३० छन्। यसैगरी क्रमशः क्षेत्र नं २ मा ९९ हजार सात सय सात, क्षेत्र नं ४ मा ९८ हजार आठ सय ९६ र क्षेत्र नं १ मा ९८ हजार चार सय १७ मतदाता कायम रहेका जिल्ला निर्वाचन कार्यालयले यसअघि नै सार्वजनिक गरिसकेको छ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ९ : ३२ बजे

लोमान्थाङका विपन्न परिवारलाई च्याङ्ग्रा वितरण

मुस्ताङ– उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाले सीमावर्ती क्षेत्रका विपन्न परिवारलाई च्याङ्ग्रा

मटिहानी नगरभित्रका सडक कालोपत्र गरिँदै

महोत्तरी– मटिहानी नगरपालिका-४ र ५ का मझौरा, बिसनपुर र गोबरौरा

एलिनाबारे अभद्र टिप्पणी गरेपछि हिरासतमा पुर्‍यायो कविलाई

काठमाडौं- गायिका एलिना चौहानबारेमा सामाजिक सञ्जालमै अभद्र टिप्पणी गरेपछि एकजना

हुँदै नभएको विद्यालयलाई कीर्ते भवन बनाएर भुक्तानी, चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा मङ्गलबार

प्रधानमन्त्री ओलीद्वारा रियल मेड्रिडको रङ्गशाला अवलोकन

मेड्रिड– प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल