यूएईविरुद्ध एक दिवसीय सिरिजको पहिलो खेल खेल्दै नेपाल « Khabarhub

यूएईविरुद्ध एक दिवसीय सिरिजको पहिलो खेल खेल्दै नेपाल


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज नेपालले पाहुना टोली यूएईसँग पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्दैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार बिहान ९ बजेदेखि पहिलो खेल सुरु हुनेछ । त्रिवि मैदानमा नेपाल र यूएईबीच तीन खेलको सिरिज हुनेछ ।

नेपाल र यूएई एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका लागि परिचित टोली हुन् । अहिलेसम्म भएका ६ प्रतिस्पर्धामा नेपाल दुईमा विजयी हुँदा चार खेलमा यूएई विजयी भएको छ ।

नेपाल भ्रमणमा रहेको युएईसँगको दोस्रो खेल बुधबार र तेस्रो शनिबार हुँदैछ । पहिलो खेलमा जित दर्ता गर्दै सुखद् सुरुवात गर्ने तयारीमा दुवै देश रहेका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ६ : ३८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै