चुनावमा पनि ओलीको झुट र आडम्बर ! « Khabarhub

चुनावमा पनि ओलीको झुट र आडम्बर !


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अहिले चुनावी प्रचार प्रसारका लागि देश दौडाहामा छन् । पछिल्लो समय कर्णाली र सुदूरपश्चिम केन्द्रित भएका ओली चुनावमा जनता र नेता कार्यकर्तालाई खुशी बनाउनेभन्दा फेरि झुट र आश्वासन दिनै समय खर्चिरहेका छन् ।

अनि आफ्नै कार्यकर्तामाथि वाण हानेर आडम्बरको राजनीति गरिरहेको टिप्पणी पनि भइरहेको छ । ओलीले केही समयअघि कञ्चनपुरको कार्यक्रममा एमालेको प्रचार गर्न खोजे । उनले कार्यक्रममा एमालेले बहुमत ल्याएको खण्डमा आफ्नै सरकार बनाउने बताए । तर त्यो कुराले चर्चा पाएन्

ओलीले कञ्चनपुर पुगेर सुदूरपश्चिममा भीम रावल मात्रै नेता नभएको भन्दै उनको उछितो काटे । आफूसँगै अध्यक्षका लागि पार्टीमा चुनाव लडेका नेतालाई सम्मान गर्नुको साटो उल्टै उनकै क्षेत्रमा गएर आलोचना र बदनाम गर्ने ओलीको प्रवृत्ति धेरैलाई मन परेको छैन ।

एमालेमा सुदूरपश्चिम भीम रावलको नामले बढी चर्चामा हुन्छ । तर ओलीले सुदूरपश्चिममै पुगेर रावलको चर्चा र बहिष्कार गरेजसरी व्यवहार गरेको एमाले निष्ठावान् कार्यकर्ताका लागि असह्य भएको छ ।

त्यति मात्रै होइन, ओलीले आइतबार कर्णालीको सुर्खेतमा आयोजित चुनावी सभामा ‘भीम रावलको माया लागे अछाम जानू’ भनेर कार्यकर्तालाई अत्याए । एक जना नेतामाथि ओलीको यो हदसम्मको टिप्पणी खेदजनक भएको स्वर विस्तारै एमालेमा बढ्दै गएको छ ।

कर्णालीमा भएको चुनावी सभामा ओलीले कर्णाली समृद्ध बनाउन एमालेले जित्नुपर्ने बताए । यो एक हिसाबले झुट र चुनावी तथा सतही टिप्पणी हो । एमाले विभाजनको रूपरेखा कोरिएको कर्णालीमा ओलीले कर्णालीको विकास गर्न एमालेले जित्नुपर्ने धारणा केवल चुनावी स्वार्थ मात्रै रहेको देखिन्छ ।

पाँच वर्ष पहिले कर्णालीमा एमालेले दुई तिहाइ बहुमत पाएको थियो । तर ओलीकै आडम्बर र शक्तिको उन्मादले कर्णालीमा एमालेको सरकार बन्न सकेन । यसले गर्दा कर्णालीमा एमालेलाई ठूलो घाटा परेको र पार्टी विभाजन भएको सबैले देखेकै छन् । तर पनि ओली अझै आफ्नो झुट लुकाउन चाहेका छैनन् ।

त्यति मात्रै होइन, केही दिनयता ओलीले एपीवान टेलिभिजनलाई दिएको अन्तर्वार्ता क्लिप भाइरल भइरहेको छ । एमालेले दुई तिहाइ ल्याउँछ भनेर ओली हावादारी दाबी गरिरहेका छन् । अन्तर्वार्ताकारले त्यो आत्मरति भनेर टिप्पणी गर्दा ओली एक दुई सिट तलमाथि परेपनि आफ्नो बोलेको पूरा हुने दाबी गरिरहेका छन् ।

माधव नेपालप्रति तिखो टिप्पणी गर्दै ओली अहिले पनि आफ्नै नेता कार्यकर्ताप्रति असहिष्णु देखिएका छन् । यसले एमालेभित्र रहेका इमानदार नेता कार्यकर्तामा नैराश्यता थपेको छ । चुनावमा मुखमा औपचारिकताका लागि पनि एक आपसमा मिल्ने र भाइचाराको व्यवहार गर्नुको साटो उछितो काट्ने ओलीको व्यवहार धेरैलाई चित्त बुझेको छैन । यसले ढिलोचाँडो ओली र एमालेलाई नै घाटा पुग्ने निश्चित छ ।

 

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  २ : ०१ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल