‘महापुरूष’ को नयाँ पोस्टर सार्वजनिक « Khabarhub

‘महापुरूष’ को नयाँ पोस्टर सार्वजनिक


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तेस्रो सातामा प्रदर्शन भइरहेको फिल्म ‘महापुरूष’ टिमले नयाँ पोस्टर सार्वजनिक गरेको छ । नयाँ पोस्टरमा दुई पुस्ताको प्रेम र जीवनसाथी प्राप्तिलाई देख्न सकिन्छ । पोस्टरमा हरिवंश आचार्य र गौरी मल्लको जोडीसँगै नयाँपुस्ता अरुण क्षेत्री र अन्जना बराईलीको जोडी देखिएको छ । उनीहरूको मुहारमा जीवनसाथीसँग हुँदाको खुसी देख्न सकिन्छ । पोस्टरले फिल्मको भाव व्यक्त गरेको लेखक तथा निर्देशक प्रदीप भट्टराईले बताए ।

‘पोस्टरमा दुई पुस्ताको प्रेम र सामिप्यतालाई देखाएका छौँ । यसले फिल्मको कथासार व्यक्त गरेको छ । जीवन सुखीसँगै खुसी भएर बिताउने भाव यसले व्यक्त गर्छ’, निर्देशक भट्टराईले भने ।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्ट लगायतले अभिनय रहेको छ ।

फिल्ममा एक्लोपनको कथा देखाइएको छ । षट्कोण आर्ट्सको ब्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् ।

षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ । फिल्ममा दीपक बज्राचार्यको छायांकन, मित्र डी. गुरुङको सम्पादन रहेको छ। यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा फिल्ममा डेब्यु गरेका छन् ।

फिल्मको पार्श्व ध्वनिमा रोहित शाक्य र शैलेश श्रेष्ठ, ध्वनि संयोजनमा अमित श्रेष्ठ, रंग संयोजनमा कपिल पराजुली, मिडिया कसल्टेन दिनेश सिटौला फिल्म्स, पब्लिसिटी डिजाइन ट्राइडेन्ट, सहायक निर्देशक शान्तिम कोइराला र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ९ : ५१ बजे

न्याय माग्दै फेरि सडकमा सहकारी पीडित (तस्बिरहरू)

काठमाडौं– सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेका

देवानगञ्ज घटनाबारे सुनसरीका रास्वपा सांसदसहितले भेटे गृहमन्त्री, विशेष घोषणा गर्न लागेको सुधनको जवाफ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध

ओलीको नाम लेखिएको शिलालेखबारे मन्त्री लम्सालको जवाफ : त्यसलाई हामी फेरि पुनर्स्थापना गर्छौँ

काठमाडौं- पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा