विश्व इतिहासमा आजः स्वतन्त्र प्यालेस्टाइन राज्य गठन « Khabarhub

विश्व इतिहासमा आजः स्वतन्त्र प्यालेस्टाइन राज्य गठन


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज विश्व इतिहासमा विविध राजनीतिक तथा सामाजिक घटनाक्रम विकसित भएका थिए।

दोस्रो विश्वयुद्धपछि संसारमा शान्ति कायम गर्ने उद्देश्यले स्थापना गरिएको लिग अफ नेसनको पहिलो बैठकदेखि महात्मा गान्धीका हत्यारालाई आजकै दिन झुन्ड्याइएको थियो। त्यस्तै प्यालेस्टाइन स्वतन्त्रत राज्यको गठन पनि आज नै भएको थियो।

स्वतन्त्र प्यालेस्टाइन राज्य गठन
सन् १९८८ मा अल्जेरियाको राजधानी अल्जिर्यसमा प्यालेस्टाइन लिबरेस संगठन (पीएलओ) ले प्यालेस्टाइन राज्य गठन भएको घोषणा गरेको थियो। पूर्वी जेरुसेलमलाई प्यालेस्टाइनको राजधानी घोषणा गरिएको थियो।

अहिले राष्ट्रसंघका करिव ७० प्रतिशत सदस्यहरूले प्यालेस्टाइनलाई स्वतन्त्र देशको रुपमा मान्यता दिएका छन्।

महात्मा गान्धीको हत्यारालाई झुन्ड्याइयो
भारतमा शान्तिका दूत भनेर चिनिने महात्मा गान्धीको हत्यारालाई सन् १९४९ को १५ अक्टोबरमा फाँसी दिइएको थियो।

नाथुराम गोड्से, नारायण एप्टीसहित ८ जनालाई अम्बाला जेलमा झुन्ड्याइएको थियो। नाथुराम गोड्सेले सन् १९४८ को ३० जनवरीमा गान्धीको हत्या गरेका थिए।

लिग अफ नेसनको पहिलो बैठक
आजकै दिन अर्थात सन् १९२० को १५ अक्टोबरमा अन्तर्राष्ट्रिय संगठन लिग अफ नेसनको महासभाको पहिलो बैठक बसेको थियो।

द्वितीय विश्वयुद्धपछि सृजित समस्या समाधान गर्न तथा विश्वमा शान्ति कायम गर्ने उदेश्यले सोही वर्षको जनवरीमा लीग अफ नेसन खडा गरिएको थियो।

सेनाद्वारा ब्राजिलका शासक सत्ताच्युत
सन् १८८९ मा ब्राजिलका तत्कालिन शासक पेड्रो द्वितीय सत्ताच्युत भएका थिए। म्यानुअल डिओडोरोले नेतृत्व गरेको सैनिक अधिकारीको एउटा समूहले उनलाई सत्ताच्युत गरेको थियो।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ६ : ३६ बजे

अमेरिकाको दाबी : इरानका ८० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

वासिङ्टन- अमेरिकाले इरानविरुद्ध सञ्चालन गरेको सिलसिलेवार सैन्य कारबाहीमा ८० भन्दा बढी

सिँचाइ कुलो निर्माणले बाँझो जमिनमा खेती

मान्म– स्थानीय नरहरिनाथ गाउँपालिका–७ माल्कोट गाउँमा सिँचाइ कुलो निर्माण भएपछि

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

गण्डकी– पर्यटकीय नगरी पोखरामा साहसिक खेल बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण

शुद्धीकरणको कार्यालयलाई अझ सशक्त बनाउनुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुद्धीकरणको कार्यालयलाई अझ सशक्त बनाउनुपर्ने

अमेरिकी आक्रमणपछि इरानी राष्ट्रपति पेजेस्कियन इराक भ्रमण छोट्याएर तेहरान फर्किए

तेहरान- अमेरिकी सैन्य आक्रमण सुरु भएपछि इरानी राष्ट्रपति मसूद पेजेस्कियनले इराकको