आईफा अवार्ड रोक्न संसदीय समितिको निर्देशन | Khabarhub Khabarhub

आईफा अवार्ड रोक्न संसदीय समितिको निर्देशन


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपालमा हुने भनिएको आईफा अवार्ड रोक्न निर्देशन दिएको छ । भदौ दोस्रो साताका लागि आयोजना हुने भनिएको अवार्ड रोक्न समितिले निर्देशन दिएको समिति सचिव सुरजकुमार दुराले जानकारी दिए ।

मंगलबार बसेको समितिको बैठकले विवादमा तानिएको आईफा अवार्डको कार्यक्रम रोक्न सरकारलाई निर्देशन दिएको हो । समितिमा उपस्थित सबै सांसदहरुले अवार्डको विपक्षमा भनाई राखेका थिए । सांसदहरु यसको विरोधमा उत्रिएपछि सभापतिले अवार्ड रोक्न निर्देशन दिएको सचिव दुराले जानकारी दिए ।

समितिका सदस्यसमेत रहेका सांसद दिव्यमणि राजभण्डारीले भने, ‘नेपाली जनतालाई आर्मी अफिसर्स क्लब छिर्न नदिने, भारतीय कलाकार आएर नाच्दा सेनाले सुरक्षा दिने ?’

सांसद राजभण्डारीले सलमान खान नेपाल आउने भनिएपनि सुरक्षाको कारण देखाएर नआएको भन्दै उनले आईफाका लागि समेत नेपाल नआए समस्या हुनेभन्दै रोक्न निर्देशन दिएको बताए ।

समिति सचिव दुराले आईफा अवार्ड रोक्न निर्देशन दिएको पुष्टि गरे । उनले भने,‘सबै माननीय सदस्यहरुले आईफा अवार्डको विरोध गरेपछि समितिले रोक्न निर्देशन दिएको हो ।’ उनले अवार्ड कार्यक्रम रोक्न निर्देशन दिने समितिको निर्णयमा सर्वसम्मत भएको समेत जानकारी दिएका छन् ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ४ : २९ बजे

रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडक कालोपत्र हुँदै

म्याग्दी– रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडक २३ करोड ३२ लाख रुपैयाँको लागतमा कालोपत्र

रातो मत्स्येन्द्रनाथको रथ जेठ १५ मा जावलाखेल लगिने

काठमाडौं– वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ यही

गर्मी बढेपछि वीरगञ्जका विद्यालय बिहान सञ्चालन

वीरगञ्ज- अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगर क्षेत्रका विद्यालयमा बिहान पठनपाठन

सुनको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ ।

महिला टी–२० विश्वकप छनोट : नेपालले आज बहराइनसँग खेल्ने

काठमाडौं– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज