पाकिस्तानको लाहोर र रावलपिण्डी जेलका २५ प्रतिशत कैदीबन्दी लागूपदार्थका दुर्व्यसनी « Khabarhub

पाकिस्तानको लाहोर र रावलपिण्डी जेलका २५ प्रतिशत कैदीबन्दी लागूपदार्थका दुर्व्यसनी


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानको लाहोर र रावलपिण्डी जेलमा रहेका २५ प्रतिशतभन्दा धेरै कैदीहरुमा लागूपदार्थ दुर्व्यसनको समस्या रहेको पाइएको छ । पाकिस्तानको राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा २५ प्रतिशत कैदीमा लागूपदार्थ दुर्व्यसनको समस्या रहेको उल्लेख गरिएको छ ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार रावलपिण्डीको अदियाला जेलको क्षमता २ हजार १ सय ७४ रहेपनि त्यहाँ ६ हजारभन्दा धेरै कैदी राखिएको छ । तीमध्ये १४ सय भन्दा धेरै कैदीहरुमा लागूपदार्थ दुर्व्यसनको समस्या रहेको पाइएको छ ।

त्यस्तै, लाहोरको जिल्ला कारागारमा रहेका ३८ सय कैदीमध्ये ९ सय कैदीले लागूपदार्थको सेवन गर्दै आएका छन् । यसबाहेक ती जेलमा कैदीहरुलाई शारीरिक, मानसिक एवम् यौनजन्य यातना समेत दिने गरिएको डनले जनाएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ९ : ३७ बजे

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।

लगानी वृद्धि गराउन सरकार प्रयासरत छ : अर्थमन्त्री खनाल

विराटनगर –अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि

अधिकृत महमद शेरे मुस्तफासहित तीन जनाविरुद्ध आरोपपत्र दायर

पर्सा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन