एकदिवसीय सिरिजमा नेपाल विजयी, युएई ३ विकेटले पराजित « Khabarhub

एकदिवसीय सिरिजमा नेपाल विजयी, युएई ३ विकेटले पराजित


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युएईविरुद्धको एकदिवसीय सिरिज अन्तर्गत दोस्रो खेलमा नेपाल विजयी भएको छ । नेपालले युएईलाई ३ विकेटले पराजित गरेको हो ।

काठमाडौँको त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा युएईले दिएको १९२ रनको लक्ष्य नेपालले ४७ ओभर ५ बलमा ७ विकेट गुमाएर भेट्टायो । नेपालका लागि गुल्शन झाले सर्वाधिक ३७ रन बनाए ।

त्यस्तै, कुशल भुर्तेलले ३५, आरिफ शेखले ३३ र ज्ञानेन्द्र मल्लले २६ रन जोडे । युएईका रोहन मुस्तफाले तीन र हज्रत बिलालले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४३ ओभर २ बलमा सबै विकेट गुमाउँदै १९१ रन बनाएको थियो । युएईका मुहम्मद वसिमले सर्वाधिक ५० रन बनाए ।

अलिशन सराफूले ३५ रन बनाउँदा भृत्य अरविन्दले २५ रन जोडे । नेपालका लागि सोमलाल कामी र ललित राजवंशीले समान ३ विकेट लिए ।

नेपालको जितसँगै ३ खेलको सिरिज १–१ को बराबरीमा पुगेको छ । अन्तिम एवम् निर्णायक खेल शुक्रबार हुनेछ ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ४ : १८ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।