चुनाव प्रचारको अन्तिम दिन आज, शीर्ष नेता कहाँ छन्? « Khabarhub

आम निर्वाचन-२०७९

चुनाव प्रचारको अन्तिम दिन आज, शीर्ष नेता कहाँ छन्?


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावका लागि राजनीतिक दलका नेता तथा उम्मेदवारहरुले प्रचार प्रसारमा गर्ने क्रम आज सकिँदैछ।

आज मध्यरातिदेखि स्थिर समय सुरु हुने भएपछि पूर्व निर्धारित कार्यक्रम अनुसार दलका शीर्ष नेताहरुलाई आज प्रचार प्रसारलाई सक्ने तयारी गरेका हुन्।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा आज सुदूरपश्चिमका दुईवटा चुनावीसभामा सहभागी बन्दै छन्। उनले अछाम र कञ्चनपुरका चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। उनी अब मतदान गरेर मात्रै काठमाडौँ फर्कनेछन्।

दार्चुलाबाट चुनावी अभियान थालेको नेकपा एमालेले झापामा अन्त्य गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले आज झापामा आयोजना हुने दुई सभालाई सम्बोधन गर्दै छन्। निर्वाचन क्षेत्र नम्बर १ को काँकडभिट्टा र निर्वाचन क्षेत्र नम्बर ५ को खजुरगाछीमा आयोजना गरिने चुनावी सभालाई सम्बोधन गर्ने तयारी छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने काठमाडौँको चुनावी सभामा व्यस्त हुने सम्भावना रहेको उनको सचिवालयले जनाएको छ।यसैगरी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सोही चुनावी सभामा सहभागी हुने बताइएको छ।

निर्वाचन आयोगले कात्तिक १७ गतेदेखि मंसिर १ गते अर्थात आज मध्यराति १२ बजेसम्म १५ दिन निर्वाचन प्रचार प्रसार गर्ने समय तोकेको थियो।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  ९ : ०२ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन