नेताहरुको ओठे आश्वासनकै भरमा यसपटकको चुनाव « Khabarhub

नेताहरुको ओठे आश्वासनकै भरमा यसपटकको चुनाव

‘जसले स्वतन्त्र युवा उम्मेद्वारलाई उदाउन बल मिलेको छ’


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मंसिर ४ गते भोट हाल्ने दिन आउन केवल तीन दिन बाँकी छ। यसबीचमा ठूला भनिएको कांग्रेस, एमाले र माओवादीले प्रचार प्रसारका लागि सबैथोक गरेका छन्। घरदैलोदेखि चुनावी सभासम्म गरेका राजनीतिक पार्टीका नेता तथा उम्मेदवारले यस पटकको चुनाव जित्न पनि पनि ठूलै कसरत गरेका छन्।

दलहरूले घोषणापत्र ल्याए। चुनावी एजेन्डा बोके। राजनीतिक प्रतिबद्धतामा अनेकौँ विषयलाई चुनावी प्रचारको साधन बनाए। तर खाँटी कार्यकर्ताबाहेक आम नेपालीमा दलहरूले लेखेका, बोकेका र गरेका कुनै पनि कामप्रति विश्वसनीयता छैन।

केवल उनीहरूमा अहिले पनि मंसिर ४ को धङधङी छ। जसले सबैभन्दा धेरै प्रभावित गरेको छ। उसैलाई भोट दिने सामान्य विचारबाहेक अरु छैन। यस पटकको चुनावमा पनि राजनीतिक दलका नेताहरुमा केवल ओठे आश्वासन देखिन्छन्।

आफ्ना नेता कार्यकर्ताका लागि गरेको कामबाहेक आम नेपालीमा अहिलेका राजनीतिक दलबाट विकास हुन्छ भन्नेमा विश्वास नै देखिँदैन। सामान्य रूपमा हेर्ने हो भने काठमाडौँ उस्तै छ। नयाँ मेयर बालेन आउँदा मानिसहरूमा उत्साह थपियो।

राजनीतिक पार्टीका नेताहरूले जितेको ठाउँमा कुनै पनि प्रचार छैन। उनीहरूको चर्चा छैन। उनीहरूले गरेको कामको पनि प्रचार हुँदैन। त्यसरी नै अहिले नेपालमा धेरै व्यवस्था ल्याउन सफल राजनीतिक दलका नेताहरूप्रति आम जनताको विश्वास देखिँदैन।

यस पटक झन्डै झन्डै तीन महिनाको चुनावी समय पनि सकिन लागेको छ। मौन अवधि सुरु हुन केही घण्टा बाँकी छ। तर कांग्रेसले त्यस्तो कुनै नयाँ योजना बोकेको छैन। जसले जनताको अहिलेको अवस्थामा कायापलट ल्याओस्।

लौरो अभियान, स्वतन्त्र पार्टी, विवेकशील साझा लगायत थुप्रै पार्टी अहिले लामबद्ध भएर आउनुका पछाडि राजनीतिक दलका नेता कार्यकर्ता जिम्मेवार छन्।

एमालेले त्यस्तो रेल ल्याउन सक्दैन। जसले जनता त्यही रेलमा चढेर सुख र समृद्धिको यात्रा गर्न सकून। माओवादीले त्यस्तो गणतन्त्र ल्याउनै चाहेन, जसले हतियारको बलमा सबथोक परिवर्तन गर्छु भने पनि जनताको तकदिर बदल्ने हैसियत बनाउन सकेन।

अचेल राजनीतिक दलका नेताहरू कसरी चुनाव जित्ने र पाँच वर्ष सरकारी भत्ता पाउनका लागि संसद् छिर्ने भन्ने धाउन्नमा छन्। चुनाव जित्न करोडौँ खर्चिने नेताहरू चुनाव जितिसकेपछि करोडौँको रजाइँमा बस्ने योजना बनाइरहेका छन्।

यसले पनि यस पटक नेताहरूप्रति जनताको भरासिलो सोच बनेको छैन। भोट नेतालाई दिए पनि नोट ल्याउन र जीवन चलाउन खाडी लगायत देश जानुपर्ने बाध्यता जनताको छ। यसले पनि धेरै नेपालीलाई धेरै संकट ल्याएको छ।

बरु यस पटक राजनीतिक दलका नेताहरूको मनोमानीले स्वतन्त्र उम्मेदवारलाई धेरै सहज बनाएको छ। उनीहरूको आकर्षण र आगमनलाई बल दिएको छ। लौरो अभियान, स्वतन्त्र पार्टी, विवेकशील साझा लगायत थुप्रै पार्टी अहिले लामबद्ध भएर आउनुका पछाडि राजनीतिक दलका नेता कार्यकर्ता जिम्मेवार छन्।

यसले ढिलोचाँडो जनताको मन मस्तिष्कसँगै अहिले मनोमानी गर्ने शीर्ष नेताहरूको पनि सोच बदल्ने विश्वास कम्तीमा यस पटकको चुनावमा गर्न सकिन्छ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  १० : ०० बजे

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली – कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा

सन्तोष राईको शव ल्याउने खर्च सरकारले व्यहोर्ने, आशिकाले दिइन् धन्यवाद

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा निधन भएका धादिङका सन्तोष राईको

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन आफ्नो मन्त्रालयको प्राथमिक जिम्मेवारी भएकाले

‘दुर्गा प्रसाईंको राजनीतिक स्वार्थले धर्नारत नागरिकको जीवन संकटमा’

काठमाडौं– ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोग अगाडि विगत ६ दिनदेखि