'यो निर्वाचनले अग्रगमन र प्रतिगमनबीच जनमतसङ्ग्रह गर्नेछ' | Khabarhub Khabarhub

‘यो निर्वाचनले अग्रगमन र प्रतिगमनबीच जनमतसङ्ग्रह गर्नेछ’


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई अग्रगामी र प्रतिगामी शक्तिबीचको जनमत सङ्ग्रहको रुपमा टिप्पणी गरेका छन् । 

आज उनले एक श्रव्यदृश्यमार्फत् आम मतदातालाई सक्रियतापूर्वक मतदानमा सहभागी हुन र देशभरका गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका छन् । अध्यक्ष दाहालले ठूलो त्याग र बलिदानबाट व्यवस्था बदलेको  भए पनि वर्ग, क्षेत्र, महिला, आदिवासी र जनजातीलगायतले प्राप्त गरेको अधिकार कार्यान्वयन गर्न बाँकी रहेकाले गठबन्धनको जित जरुरी रहेको बताएका छन् ।

उनले सन्देशमा भनेका छन्, ‘शिक्षा, स्वास्थ्य, रोजगारीमा जनताको पहुँच, आत्मनिर्भर अर्थतन्त्रको विकासमार्फत समृद्ध नेपाल बनाउने कार्यभार हाम्रो काँधमा छ । हामीलाई यही अवस्थामा रुमल्लिने छुट छैन ।’

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले आफ्नो सन्देशमा विकास, समृद्धि र न्यायको यो यात्राको नेतृत्व प्रतिगामी शक्तिले गर्न सम्भव नभए उल्लेख गर्दै यसका लागि परिवर्तनकारी शक्तिले नै सरकारको नेतृत्व गर्न जरुरी रहेको बताएका छन्। 

‘प्रतिगमनलाई परास्त गर्न, भ्रष्टाचार अन्त्य गर्न र समृद्ध नेपालको निर्माणमार्फत समाजवादको यात्रामा अगाडि बढ्न प्रत्यक्षतर्फ देशैभरी गठबन्धनका उम्मेदवारलाई र समानुपातिकतर्फ गोलाकारभित्रको हसिया हथौँडा चिन्हमा मतदान गर्न हार्दिक अपिल गर्दछु’, सन्देशमा दाहालले भनेका छन् ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  २ : ५९ बजे

संसदभित्र रास्वपा नेतृत्वविहीन अवस्थामा देखियो : योगेश भट्टराई

काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले संसदभित्र रास्वपा नेतृत्वविहीन अवस्थामा

नेप्सेमा झिनो अङ्कको सुधार, ११ अर्ब बढीको कारोबार

काठमाडौं– यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

भुटानसहित ३६ देशका नागरिकलाई यात्रा प्रतिबन्ध लगाउने अमेरिकाको तयारी (सूचिसहित)

काठमाडौं- अमेरिकाले भुटानसहित ३६ देशका नागरिकविरुद्ध यात्रा प्रतिबन्ध लगाउने तयारी

सदन बहिष्कार गर्दै ज्ञानेन्द्र शाहीले भने- प्रचण्डको छेपारो प्रवृत्ति, सभामुख बिचौलियाको पक्षमा 

काठमाडौं– राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसद् र सभामुख बिचौलियाको

सभामुखले सदनको अभिभावकत्व निर्वाह गर्न सकेनन्, पेलेरै लाने व्यवहार देखाए : रास्वपा

काठमाडौं– रास्वपाका सांसद मनिष झाले आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुखले आफूहरूलाई