यसपटक पनि नोट चल्यो, भोट चलेन ! « Khabarhub

बञ्चित मतदाता

यसपटक पनि नोट चल्यो, भोट चलेन !

वर्षौवर्षदेखि मतदानबाट बञ्चित विदेशमा रहेका नेपाली


२ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मंसिर ४ गतेको संसदीय चुनावका लागि भोट हाल्न केवल ४८ घण्टा बाँकी छ। तर यसपटक पनि विदेशमा रहेका नेपालीले भने भोट हाल्न नपाउने भएका छन्। यसपटकको चुनावका लागि पनि निर्वाचन आयोग, राजनीतिक दल तथा कुनै पनि सरकारी निकायले उनीहरुको भोटका बारेमा चासो, चिन्ता, बहस र छलफल गरेको देखिएन।

विदेशमा रहेका नेपाली वर्षौँदेखि मतदानबाट वञ्चित छन्। यसरी वञ्चित भएको पनि वर्षौवर्ष भयो। तर पनि अहिलेसम्म यसबारे कसैले चासो र चिन्ता बोकेको देखिएको छैन। पछिल्लो तीन महिना मात्रै विदेशमा रहेका नेपालीले झन्डै तीन खर्ब रेमिट्यान्स पठाएका थिए।

नेपालको आर्थिक अवस्था कमजोर हुँदा विदेशमा रहेका नेपालीले पठाएको रेमिट्यान्सले नै देश श्रीलंका हुनबाट जोगिएको थियो। तर पनि उनीहरुको देन अहिलेसम्म कहीँ कतै चुनावमा मतदान अधिकार प्रयोग गर्नमा कोही जिम्मेवार देखिँदैनन्।

यसले विदेशमा रहेका नेपालीको मन त कुँडिएको छ नै स्वदेशमा रहेका राजनीतिक दल, आम सरोकारवाला, अभियन्ता र निर्वाचन आयोगको भूमिकामाथि पनि प्रश्न उठाएको छ। केही समय पहिले विवेकशील नेपाली पार्टीले विदेशमा रहेका नेपालीको मतदान अधिकार सुनिश्चित गर्नुपर्ने माग राख्दै प्रदर्शन गर्ने गरेको थियो।

मौन अवधि सुरु हुँदा पनि विदेशमा रहेका नेपालीबारे कसैले बोल्न सकेको छैन। यो सबैभन्दा ठूलो विडम्बनाको विषय हो।

यो मुद्दा उनीहरुले वर्षौँ वर्ष उठाएका थिए। जुन मुद्दा सर्वोच्च अदालतमा पनि पुग्यो। तर अदालतबाट यसको फैसला हुन सकेको छैन। हरेक वर्ष केही न केही चुनाव आउँछ। पाँच वर्ष देश बदल्ने र बनाउने सपना बोकेकाहरुले चुनावमा भाग लिन्छन्।

तर विदेशमा रहेका नेपालीले भने भोट दिन पाउँदैनन्। उनीहरुको कारण देशको अर्थतन्त्र धानिएको छ। गाउँघरमा परिवारको छाक टारिएको छ। तर पनि विदेशमा रहेका नेपालीबाट आफ्नै मताधिकारको प्रयोग भएको छैन।

देशका ठूला भनिएको कांग्रेस, एमाले, माओवादी भनिएका पार्टीले अहिले पनि विदेशमा रहेका नेपालीको बारेमा गम्भीर मुद्दा बनाउन सकेका छैनन्। उनीहरुले अहिले पनि केवल आफ्ना लागि, आफ्नो पार्टीका लागि र स्वदेशमा रहेका सोझा साझा जनताका लागि मात्रै आश्वासन छरिरहेका छन्।

यसले आफ्नो भोट हाल्ने विदेशमा रहेका नेपालीको अधिकार हनन गरेको छ। कम्तीमा क्रमिक रुपमा विभिन्न देशमा रहेका नेपालीको मतदान अधिकार सुरक्षित गर्नुपर्नेमा त्यतातिर ध्यान नजानु दुःखद हो। यसपटकको चुनावको लागि मौन अवधि सुरु भएको छ।

मौन अवधि सुरु हुँदा पनि विदेशमा रहेका नेपालीबारे कसैले बोल्न सकेको छैन। यो सबैभन्दा ठूलो विडम्बनाको विषय हो।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ११ : ०७ बजे

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली – कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा

सन्तोष राईको शव ल्याउने खर्च सरकारले व्यहोर्ने, आशिकाले दिइन् धन्यवाद

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा निधन भएका धादिङका सन्तोष राईको

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन आफ्नो मन्त्रालयको प्राथमिक जिम्मेवारी भएकाले

‘दुर्गा प्रसाईंको राजनीतिक स्वार्थले धर्नारत नागरिकको जीवन संकटमा’

काठमाडौं– ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोग अगाडि विगत ६ दिनदेखि