बजारमा प्रभाव जमाउँदै सागसब्जी | Khabarhub Khabarhub

बजारमा प्रभाव जमाउँदै सागसब्जी


२ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

टिनएजको समयमा ग्रान्ड भानस्टोनले आफ्नो हजुरबा र हजुर आमालाई गोठको काममा सघाउँदै बिदा मनाउने गरेका थिए। एक दशकमा धेरै परिवर्तन आएको छ। यस एक दशकमा उनी परिचित र प्रभाव पार्न सक्ने भेगन चिज व्यवसायी बनेका छन्। सन् २०१७ मा उनले ब्रान्ड विल क्राफ्टको निर्माण गरेका थिए।

डाइटमा आफूलाई परिवर्तन गरेपछि उनले यो बाटो लिएका हुन्। त्यसै समयमा उनी चिजको व्यवसायमा सङ्घर्ष गरिरहेका थिए। उपयुक्त मूल्य चयन गर्न सुपर मार्केटका महंगो र सस्तो सामान हेरेको थिएँ। यी खाले उत्पादनलाई विस्थापित गर्दै आफ्नो नयाँ उत्पादनलाई स्थापित गर्न सक्रिय थिएँ’, तर यसको सही समाधान पाउन सकिरहेको थिइन’ आर्मस्ड्रममा व्यवसाय गर्न चाहने भान स्टोनले भनेका छन्।

ह्याकोट र क्यारोलीनी नामका दुई वटा बोडीमार्फत यो यात्रामा अगाडि बढेका उनले पाँच उत्पादनलाई सँगै अगाडि बढाएका छन्। गौडाकै (नेपालमा हुने चीजजस्तै) गुणलाई अनुसरण गर्ने ‘डच योङ’ उनको सबैभन्दा लोकप्रिय उत्पादन हो। ‘इटालियन एज्ड’ उनको अर्कै प्रकारको स्वादिष्ट उत्पादन हो। ‘ग्रीक ह्वाइट’ अर्को महत्त्वपूर्ण उत्पादन हो। यसलाई डिजर्ट भन्दा पनि खाद्यान्नकै रूपमा लिइन्छ। अहिले नेदरल्यान्ड्समा त्यसको विशेष प्रभाव छ। साथै यसले एक खाले सनसनी नै फैलाएको छ।

यी उत्पादनले अन्तर्राष्ट्रिय बजारमा प्रवेश पाउने क्रमको भर्खरै सुरुवात भएको छ। यस वर्षको अन्त्य भन्दा अगाडि नै यो उत्पादन जर्मनीमा पुगी सक्ने छ। अमेजनको फुड चेन अन्तरगतका सात शाखामार्फत् बेलायतमा यसको व्यापार फस्टाइ सकेको छ। ब्रेक्जिटका कारण बेलायतमा होलसेल व्यापार गर्न उनलाई कठिनाइ भइरहेको भानस्टोनले महसुस गरेका छन्।

‘ग्रीक ह्वाइट’ अर्को महत्त्वपूर्ण उत्पादन हो। यसलाई डिजर्ट भन्दा पनि खाद्यान्नकै रूपमा लिइन्छ। अहिले नेदरल्यान्ड्समा त्यसको विशेष प्रभाव छ। साथै यसले एक खाले सनसनी नै फैलाएको छ।

उनले यसै कानुनको प्रभावका कारण बेलायतको कारोबारलाई धेरै नै प्रभाव पारेको बताएका छन्। यिनको कम्पनीले तीन वटा खरिद गर्दा एउटा निःशुल्कको अवधारणा ल्याएको छ। तर, त्यो अवधारणा त्यहाँ लागु गर्न सम्भव छैन। बेलायतमा ब्रेक्जिटको कारण बजारमा समस्या भए पनि संसारमा नै भेजिटेवल खाने कुराको बजार बढी रहेको छ। सन् २०२० मा २.५ बिलियन अमेरिकी डलर बराबरको भेज डाइटको व्यापार भए पनि सन् २०३० सम्ममा ७ अर्बको व्यापार भएको जनाइएको छ।

भान्स्टोनको जस्तै कथा निभी जासाको पनि छ। उनले आइएम नट युकेको स्थापना गरेका थिए। विरुवामा आधारित डाइटमा लाग्ने क्रममा उनले पनि चिजको मिश्रणलाई प्राथमिकता दिएका हुन्। उनी लन्डनमा बस्ने इटालियन हुन्। ‘मेरो पार्टनर अमेरिकाबाट आएकी हुन्। खाने कुराको बजार बुझ्ने कुरामा उनी म भन्दा १० वर्ष अगाडि छन्। उनले चिज क्रिम बनाउने क्रममा मैले पनि साथ दिएको हुँ,’ उनले भनेका छन्।

भिन्न रहेको समयमा उनीहरूले भेज खाना प्रतिको आफ्नो लगावलाई किन महत्त्व नदिने भन्दै भेज चीज ब्रान्डको अवधारणा अगाडि ल्याएका थिए। पूर्वी लन्डनको ह्याक्नीमा स्टक मार्केटमार्फत उनीहरूले आफ्नो कारोबार सुरु गरेका थिए। सेल्फ ब्रिजसहित बेलायतमा थुप्रै बजारका उनीहरूको सामान स्टकको रूपमा छ। साथै आठ वटा उत्पादनको अनलाइन व्यापार गरेको छ।

धेरै सुपर मार्केटको चिज अलिकति रबर खालको तथा ज्यादै सामान्य भएको समयमा उनीहरू फ्लेभरको बारेमा सोचिरहेका थिए। अन्य व्यवसायीका लागि जस्तै उनीहरूका लागि पनि यो वर्ष चुनौतीपूर्ण रहेको छ।तर, त्यत्ति सन्तोषजनक व्यापार हुन सकेको छैन। ऊर्जाका लागि धेरै खर्च गर्नु परेको छ। रुस र युक्रेन बीचको युद्धका कारण धेरै सामानको आपूर्तिमा समस्या देखिएको छ।

यस बीचमा उनीहरूको बजार भने फैलिइसकेको थियो। यस कम्पनीको सामान जर्मनी र फ्रान्स पुगिसकेको थियो। ब्रेक्जिटका कारण उनीहरूका अगाडी समस्याको चाङ नै आएको थियो। कागजी काम, आयात कर र ढिला सुस्तीको समस्या देखिन थालेका थिए। यस कारण बजारमा त्यसै ढङ्गले निर्यात गर्नु उनीहरूका लागि जोखिमपूर्ण महँगो साबित हुन सक्थ्यो।

संसारका भेगन वैकल्पिक चिजको रूपमा बजार पिट्न सफल उत्पादन भने ग्रिसको भायोलाइफ हो। त्यो चीज ६० देशमा निर्यात हुन्छ। बेलायत, अमेरिका, क्यानडा र नेदरल्यान्ड्समासमेत त्यो चीज अत्यन्त लोकप्रिय छ।

त्यसै समयमा दुवै देशका सीमामा भेगन चिजको वर्गीकरणका बारे लामो छलफल भएको थियो। केही अवरोध हटाउनका कम्पनीले अन्तर्राष्ट्रिय स्तरमा परिचित डिस्ट्रीब्युटरसँग काम गरेको थियो। संसारका भेगन वैकल्पिक चिजको रूपमा बजार पिट्न सफल उत्पादन भने ग्रिसको भायोलाइफ हो। त्यो चीज ६० देशमा निर्यात हुन्छ। बेलायत, अमेरिका, क्यानडा र नेदरल्यान्ड्समासमेत त्यो चीज अत्यन्त लोकप्रिय छ।

भायोलाइफकी युरोप प्रमुख भिक्टोरिया स्लाटर आफ्नो उत्पादनले विगतमा सफलता पाइसकेको बताउँछिन्। उनको उत्पादन नरिवलको जुसबाट बनेका छन्। क्षेत्रीय रूपमा माग भएर आउने भिन्न स्वरूपबाट हुने छन्।

‘सबै देशले चीजलाई प्राथमिकता दिएका छन्,’ उनले भनिन्, ‘उदाहरणका लागि साइप्रसका हालाउमी, स्पेनमा मान्चेंगो , बेलायतमा चेदार, छन्। हामीले पनि हाम्रो बजार भएका ६० वटै देशको माग अनुसार भिन्न स्वरूप दिन खोजिरहेका छौँ।’

भालोलाइफ सेमरबर्ट ब्लु चिज पनि बेच्ने गरेको छ। स्लाटर पनि अहिले आधारभूत आवश्यकताको मूल्य बढी रहेकाले त्यसको असर परेको बताउँछिन्। उनको विचारमा यो राम्रो उत्पादन हो। तर, अति आवश्यक नभएका कारण आर्थिक मन्दीको असर यसको उत्पादन र बजारमा प्रष्ट देखिएको छ।

धेरै जना विरुद्धमा आधारित खाद्यान्नमा झुकाव राखिरहँदा यसको बजार बढी नै रहेको छ। बेलायतको सुपरमार्केट टेस्काले गत वर्षको तुलनामा यसको बिक्रीको मात्रा ३ गुणाले बढेको छ। टेस्कोका फे हास्निपले विगतमा चिज मात्र प्रभाव जमाइरहेको समयमा अहिले भेगन चिजको प्रभाव बढेको हो। यसको माग बढेसँगै सागसब्जीमा चासो दिने हाम्रा ग्राहकको सेवामा विशेष ध्यान आवश्यक रहेको बताए।

भालोफाइले गरेको रिसर्चकै अनुसार कार्बनको मात्रामा ल्याएको कमीकै कारण यसको लोकप्रियता बढेको हो। फिलाडेल्फिया र बेबी बेल जस्ता लोकप्रिय चीज ब्रान्डले सागसब्जी मिसाएर नयाँ भेगन भर्सन ल्याएका छन्।

मार्केट इन्साइट फर्म खाद्य तथा पेय पदार्थ विश्लेषक अंगराध गोदे पछिल्लो समय भेगन खाने कुराको माग बढ्नुका धेरै कारण भएको बताउँछन्। भालोफाइले गरेको रिसर्चकै अनुसार कार्बनको मात्रामा ल्याएको कमीकै कारण यसको लोकप्रियता बढेको हो। फिलाडेल्फिया र बेबी बेल जस्ता लोकप्रिय चीज ब्रान्डले सागसब्जी मिसाएर नयाँ भेगन भर्सन ल्याएका छन्। यसको मूल्य भने सबैभन्दा चुनौतीपूर्ण बनेको छ। यसै कारण बजारमा प्रतिकुल अवस्थामा पनि आउन सक्नेमा उनी चिन्तित छन्।

उनको विचारमा स्वादमा ध्यान दिँदै ग्राहकलाई मर्का नपर्ने मूल्य राखेमा चीजको यो नयाँ अवधारणले बजारमा पकड जमाउन सक्नेछ।
आर्मस्ड्रमकै कुरा गर्ने हो भने बजारको रिटेलर मूल्य कम भएको दाबी गर्छन्। यसको संवाद, स्वास्थ्यमा लाभदायक हुनु तथा असर सबै कारणले यो सर्वाधिक उपयुक्त मात्र होइन त्यसैको सापेक्षमा यो सस्तो खाद्यान्न हो।

उनकै विचारमा यसले बजारका अन्य उत्पादनलाई विस्थापित गरेको होइन विकल्प दिएको हो। त्यो पनि उत्कृष्ट विकल्प। त्यसैले धेरै राम्रा उत्पादन बाहिर जाँदैमा सही ग्राहक र उपभोक्ता निराश हुनु पर्दैन, केही समयमै अर्को राम्रो उत्पादन आइ नै हाल्छ भन्ने बजार शास्त्रको मान्यता छ।

अहिले मानिसमा देखिएको रोगको सङ्क्रमण र बढ्दै गएको स्वास्थ्य समस्यालाई निराकरण गर्ने एउटा राम्रो उपाय जीवनशैलीमा परिवर्तन गर्नु हो। यसका साथै शाकाहारी खानामा जोड दिँदा यसको चेन नै निर्माण हुने विश्वास गरिएको छ। स्रोत : बीबीसी

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ८ : ३९ बजे

छ सय एक हप्ता सफाइ गर्दा पनि वाग्मतीको अवस्था उस्तै

काठमाडौं– राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा भन्ने नाराकासाथ सुरु

लायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल

गलकोट – नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले

‘गौतम बुद्ध विमानस्थल दीर्घकालीनरूपमा सञ्चालन गरौँ’

लुम्बिनी– लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घको अध्यक्षमा पुन: सीताराम न्यौपाने 

काठमाडौं – नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घको दशौं

कर दिवसमा नबिल बैंक सम्मानित

काठमाडौं– नबिल बैंक लिमिटेड यो वर्ष पनि सबैभन्दा बढी कर