हङ्कङको संसदमा भएको तोडफोडप्रति चीनले भन्योः प्रदर्शनकारीले विधीको शासन कुल्चिए | Khabarhub Khabarhub

हङ्कङको संसदमा भएको तोडफोडप्रति चीनले भन्योः प्रदर्शनकारीले विधीको शासन कुल्चिए


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चीनले हङ्कङको संसदमा प्रदर्शनकारीबाट भएको तोडफोडको कडा शब्दमा निन्दा गरेको छ । चीनले प्रदर्शनकारीहरुले गम्भीर गैरकानूनी काम गरेको र त्यसबाट विधिको शासन कुल्चिएको आरोप लगाएको छ ।

शान्तिपूर्ण प्रदर्शनबाट निस्केको अभियानकर्मीहरूको एउटा समूहले सोमबार विधायिकी परिषद्मा घण्टौँसम्म कब्जा जमाएको थियो । प्रदर्शनकारीलाई तितरबितर पार्न सयौँ प्रहरीले अश्रु ग्यास प्रहार गरेका थिए । चिनियाँ सरकारले ‘हिंस्रक आक्रमणकारीहरूको आपराधिक काम’बारे अनुसन्धान गर्न हङ्कङलाई आग्रह गरेको छ ।

विगतमा ब्रिटिश उपनिवेशमा रहिसकेको हङ्कङ अहिले ‘एक मुलुक, दुई प्रणाली’ अन्तर्गत चीनकै एउटा हिस्साको रूपमा रहेको छ । ‘एक मुलुक, दुई प्रणाली’अन्तर्गत हङ्कङले निश्चित तहसम्मको स्वायत्तता पाउँदै आएको छ । हङ्कङका बासिन्दाले चिनियाँ मूल भू–भागका जनताले भन्दा बढी अधिकारको उपभोग गर्दै आएका छन् ।

सुपुर्दगीसम्बन्धी विवादास्पद विधेयकको विरुद्धमा हङ्कङमा पछिल्ला केही दिनयता देखि व्यापक प्रदर्शन हुँदै आएको छ । यही क्रममा सोमबार प्रदर्शनकारीहरुको भीडले उग्ररुप लिँदा संसद भवन भित्रै छिरेर तोडफोड गरेका थिए । प्रस्तावित विधेयक पारित भएमा राजनीतिक रूपमा फरक मत राख्नेहरूलाई हङ्कङले चीनलाई सुपुर्दगी गर्न सक्ने आलोचकहरूले बताएका छन् ।

हङ्कङकी प्रमुख कार्यकारी क्यारी लामले विधायिकी परिषद्माथि तोडफोड गरेका प्रदर्शनकारीबाट चरम हिंसा भएको भन्दै त्यसको निन्दा गरेकी छन् । मङ्गलबार बिहानै पत्रकार सम्मेलनमा बोल्दै उनले भनिन्, ‘हङ्कङका विधिको शासनभन्दा महत्वपूर्ण अरू केही हुन सक्दैन ।’

यस्तै ब्रिटिश विदेशमन्त्री जेरेमी हन्टले सबै पक्षबाट भएको हिंसाको निन्दा गरेका छन् । व्यापक विरोधपछि हङ्कङ सरकारले गत महिना विवादास्पद विधेयक स्थगित गरेको थियो । तर प्रदर्शनकारीले त्यसलाई पूर्ण रूपमा खारेज गर्नुपर्ने र लामले पदबाट राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ७ : १३ बजे

जन्म र मृत्यु संस्कारका लागि अनुदानमा चामल

जुम्ला– जुम्लामा जन्म र मृत्यु सस्कारको बेला दिइने ३० किलो

महालक्ष्मी खोला–मातातीर्थ सडक माघ ७ सम्म बन्द

मकवानपुर– मकवानपुर र काठमाडौंलाई जोड्ने महालक्ष्मी खोला–मातातीर्थ सडक आजदेखि आगामी

टीकापुर महोत्सव पुस २५ गतेदेखि

टीकापुर– टीकापुर महोत्सव २०८१ को तयारी तीव्र पारिएको छ ।

आर्मीका आलमले आठ विकेट लिँदा पुलिस १२५ रनमा अलआउट

काठमाडौं – जय ट्रफी एलिट कप क्रिकेटको दोस्रो दिनको सुरुवातमा

व्यक्तिको आवश्यकताले पार्टी जन्माउने होइन

जीवनको ऊर्जाशील समय व्यतीत गरेको पार्टीमा आफ्नो उपयोगिता सकिएपछि फेरि