निर्वाचनको लाइभ अपडेट खबरहबको चुनावी पोर्टलमा हेर्न सकिने « Khabarhub

निर्वाचनको लाइभ अपडेट खबरहबको चुनावी पोर्टलमा हेर्न सकिने


२ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : खबरहब डटकमले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन– २०७९ को चुनावी पोर्टल election.khabarhub.com सार्वजनिक गरेको छ । मंसिर ४ गते हुने मतदान, मतपरिणामदेखि उम्मेद्वारको विस्तृत विवरण समेटिएको पोर्टल शुक्रबारदेखि सार्वजनिक गरिएको हो ।

चुनावी पोर्टलमा प्रत्येक निर्वाचन क्षेत्रका प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना सुरु भएपछि सबै लाइभ अपडेट पोर्टलमा हेर्न सकिनेछ । त्यसका साथै उम्मेद्वारको विस्तृत विवरण र यसअघिका चुनावको पनि सम्पूर्ण विवरणसहितको तथ्यांक पोर्टलमै हेर्न सकिनेछ ।

यसका साथै पोर्टलमा अहिलेको मतपरिणामलाई यसअघिको परिणामहरु हेर्न र तुलना गर्न सकिनेछ। पोर्टलमा प्रतिनिधिसभाका मुख्य प्रतिस्पर्धीहरुसँगै उम्मेदवारहरुको संक्षिप्त विवरणहरु समावेश गरिएको छ।

खबरहबको चुनावी पोर्टलमा प्रतिनिधिसभा, प्रदेशसभा, यसअघि भएको स्थानीय तहको चुनावको साथै पाँच वर्षअघिको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको सम्पूर्ण विवरण उपलब्ध छ ।

मतदान सकिएलगत्तै मंसिर ४ गते बेलूकीदेखि सुरु हुने मतपरिणामको सम्पूर्ण जानकारी खबरहबकै चुनावी पोर्टलमा हेर्न सकिनेछ । झण्डै २० लाख डाटा सुरक्षित राखिएको खबरहबको चुनावी पोर्टलमा वर्तमान चुनावी मतपरिणाम र यसअघिका चुनावी परिणाम पनि सजिलै हेर्न सकिनेछ ।

त्यसबाहेक मतगणना चलिरहेका बेला अग्रता बढाइरहेका उम्मेद्वार, विजयी भएका उम्मेद्वार र निरन्तर एक अर्कालाई पछ्याइरहेका उम्मेद्वारबारे पनि समाचार, समाचार सामग्री, विश्लेषण तथा केही प्रोफाइल पनि खबरहबको चुनावी पोर्टलमै हेर्न सकिनेछ ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ६ : ४० बजे

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत