राप्रपाको मेची महाकाली राष्ट्रिय यात्रा– १०० भन्दा धेरै सभा, शुद्ध शाकाहारी भोजन ! « Khabarhub

राप्रपाको मेची महाकाली राष्ट्रिय यात्रा– १०० भन्दा धेरै सभा, शुद्ध शाकाहारी भोजन !


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले सञ्चालन गर्ने मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको तयारीलाई तीव्र पारेको छ ।

फागुन १५ देखि ३० गतेसम्म सञ्चालन गर्ने मेची महाकाली यात्रालाई व्यवस्थित र प्रभावकारी ढंगबाट सम्पन्न गर्न राप्रपाले केन्द्रमा सचिवालय स्थापना गरेको छ भने जिल्लामा हुने कार्यक्रमको तयारीका लागि केन्द्रबाट चारवटा टोली समेत पठाएको छ ।

राप्रपा अध्यक्ष कमल थापाले फागुन १५ गते ताप्लेजुङ सदरमुकामबाट यात्राको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

हिन्दु राष्ट्रको पुनःस्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य, स्वदेश मै पर्याप्त रोजगारीको सिर्जना गर्ने वातावरण बनाउन सरकारलाई दबाब दिने उदेश्यका साथ मेची महाकाली यात्रा हुन लागेको श्रेष्ठले बताए ।

यात्रा अवधिभर शुद्ध शाकाहारी भोजनको व्यवस्था गरिएको राप्रपाले जनाएको छ ।

ताप्लेजुङबाट पाँचथर, इलाम, झापासहित तराईका २२ जिल्ला र देशका विभिन्न भाग हुँदै सुदुर पश्चिमको कञ्चनपुर पुग्ने यात्रा कञ्चनपुरबाट फर्केर बुटवलबाट पाल्पा, स्याङ्जा, कास्की हुँदै फागुन २९ गते उपत्यका प्रवेश गर्नेछ । फागुन ३० गते राजधानीमा सभा गरेसँगै यात्रा समाप्त हुने राप्रपाले जनाएको छ ।

काठमाडौंमा दशरथ रंगशालाबाट ५००० भन्दा बढी मानिस कलश यात्रामा सहभागी हुनेछन् ।

यात्राका क्रममा साना ठूला गरि १०० भन्दा बढी सभाहरु हुने र प्रत्येक सभालाई अध्यक्ष कमल थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको श्रेष्ठले बताए ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ५ : २० बजे

सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी बढे

काठमाडौं– विगत पाँच वर्षमा क्यान्सरका बिरामी करिब दोब्बरले बढेका छन्

वाग्मती सफाइ महाअभियान ६८५ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

भैरहवा– भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत

काठमाडौं– चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा