श्रीलङ्का प्रहरी प्रमुख पक्राउ « Khabarhub

श्रीलङ्का प्रहरी प्रमुख पक्राउ


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीलंका– आत्मघाती आक्रमण रोक्न नसकेको आरोपमा श्रीलङ्का प्रहरीले आफ्नै कमाण्डरलाई पक्राउ गरेको छ। आक्रमणमा दुई सय ५८ जना मारिएका थिए।

प्रहरीले आईजीपी पुजित जयसुन्दरासँगै उक्त घटनालाई लिएर पूर्वरक्षा सचिव हेमसिरी फर्नान्डोलाई पनि गिरफ्तार गरेको छ। महान्यायाधिवक्ताले सुरक्षा खतराहरूको आकलनमा उनीहरूको विफलता मानवता विरूद्धको अपराधजस्तै भएको टिप्पणी गरेको भोलिपल्ट दुई अधिकारी गिरफ्तार भएका हुन्।

महान्यायाधिवक्ताले उनीहरू विरुद्ध औपचारिक रूपमा अभियोग लगाउने ठानिएको छ । उनले सुरक्षा कमजोरीहरूका निम्ति मुद्दा लगाइनु पर्ने भन्दै सन्दिग्धको रूपमा अन्य नौजना वरिष्ठ प्रहरी अधिकृतहरूको पनि नाम लिएका छन्।

सम्भावित आक्रमणबारे प्राप्त गुप्त सूचनाको जानकारी दिन असफल भएको भन्दै प्रहरी प्रमुखलाई राजीनामा दिन निर्देशन दिइएको बताइएको थियो। तर उनले राजीनामा दिन अस्वीकार गरेका थिए।

त्यसपछि राष्ट्रपति मैत्रीपाल सिरिसेनाले दुई महिनाअघि रक्षासचिवलाई पदमुक्त गर्दै प्रहरी प्रमुखलाई निलम्बन गरेका थिए।

सिरिसेनाले एउटा टेलिभिजन सम्बोधनमा त्यहाँका विभिन्न सुरक्षा निकायमा व्यापक परिवर्तन गर्ने बताएको एक दिनपछि उनीहरू विरुद्ध कदम उठाइएको थियो।

त्यसपछि निमित्तको रूपमा चन्दन विक्रमरत्नले प्रहरीको नेतृत्व सम्हालेका छन्।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ६ : ०५ बजे

सोलुखुम्बुमा आठ हजार ८४८ बोट वृक्षरोपण गरिने

सोलुखुम्बु – विश्व हिउँ दिवसको अवसर पारेर लुम्बिनी वल्र्ड पिस

स्याङ्जामा कांग्रेसबाट मल्ल र ढकाल उम्मेदवार बन्ने

काठमाडौं – स्याङ्जामा नेपाली कांग्रेसका पूर्व सांसद भागवतप्रकाश मल्ल र

पूर्णबहादुर खड्काले भनेः अवैधानिक निर्णयविरुद्धको रिट फिर्ता भएको छैन

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा आउने

काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो

माटोको ढिस्कोले पुरिँदा एक मजदूरको मृत्यु, एक घाइते

दाङ – लमही नगरपालिका–७ मा रहेको सम्राट सिमेन्ट उद्योगमा काम