उपत्यकालगायत देशैभर मतगणना सुरु, केही ठाउँमा घन्टीको अग्रता « Khabarhub

उपत्यकालगायत देशैभर मतगणना सुरु, केही ठाउँमा घन्टीको अग्रता


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइतबार भएको आम निर्वाचनमा निर्वाचनको मतगणना सोमबार देशभर अधिकांश ठाउँमा सुरु भएको छ।

देशभरीका निर्वाचन अधिकृतका कार्यालयहरूका अनुसार ४ मंसिरमा स्थगित भएको ठाउँबाहेक सोमबारबाट मत गणनाको कार्य हुदैँछ।

साथै, सोमबार बिहानैवाटै केही ठाउँमा मत गणना सुरू भइसकेको छ भने केही ठाउँमा अबको केही समयपछि मतगणना सुरू गर्ने तयारी भइरहेको छ।

काठमाडौं उपत्यका भित्र काठमाडौं- ७, भक्तपुर-२, ललितपुर २ र ३ को मतगणना सुरू भइसकेको छ भने काठमाडौंका बाँकी ९ वटा क्षेत्रको मतगणना पनि अहिले ८ बजेदेखि सुरू हुँदै छ।

कास्की-२मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ भने ललितपुर-२ मा एमालेलाई पछयाउँदै आएको छ। प्रारम्भिक मतगणनामा स्वतन्त्र पार्टीको घन्टी आक्रमक रुपमा देखिएको छ।

उता, कास्की-२, मुस्ताङलगायतमा मतगणना सुरु भएको छ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ७ : ३१ बजे

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौं– चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै छ

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा