मेस्सी फेरि चुके- ब्राजिलसँग पराजित हुँदै कोपाबाट बाहिरियो अर्जेन्टिना « Khabarhub

मेस्सी फेरि चुके- ब्राजिलसँग पराजित हुँदै कोपाबाट बाहिरियो अर्जेन्टिना


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्जेन्टिना कोपा अमेरिका कपबाट बाहिरिएको छ । बुधबार बिहान भएको खेलमा ब्राजिलले अर्जेन्टिनालाई २-० गोलले पराजित गरेको हो ।

घरेलुमैदानमा भएको खेलको १९ ‌औं मिनेटमा ब्राजिलका लागि रोबर्टो फिर्मिनोको पासमा ग्राबियल जिससले गोल गरेका थिए ।

त्यस्तै दोस्रो हाफको ७१ औं मिनेटमा जिससको पासमा फिर्मिनोले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाएका थिए ।

कोपाको सेमिफाईनलबाट बाहिरिएसंगै ठूलो प्रतियोगिता जित्नबाट बार्सिलोनाका फर्वार्ड समेत रहेका अर्जेन्टाइन कप्तान लियोनल मेस्सी चुकेका छन् ।

यो सिजनको कोपामा मेस्सीले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । उनी स्वयमले आफूले सोचे जस्तो खेल्न नसकेको बताएका थिए । कोपामा उनले एक गोल मात्र गरे त्यो पनि पेनाल्टिमार्फत ।

वार्सिलोनालाई सबैखाले उपाधि जताएका मेस्सीले अर्जेन्टिनाको जर्सिमा ठूलो उपाधि जित्न सकेका छैनन् ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ८ : १२ बजे

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट– परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा रोकिएका नागरिकलाई

मातृमृत्यु घटाउन अफ्रिकामा पुरुष ‘मिडवाइफ’को भूमिका बढ्दै

मोहालेस होक- अफ्रिकामा सुत्केरीसम्बन्धी जटिलताबाट हुने मातृमृत्यु घटाउने प्रयाससँगै पुरुष

ओलीको आरोप, ‘विपत्तिमा सबै मिलेर काम गर्नुपर्नेमा सरकार साधनस्रोत कब्जा गरेर बस्यो’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवाको

आजै ४ बजे रास्वपा केन्द्रीय समितिको बैठक बस्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएको छ

चीनको सिजाङमा पहिरो : नेपालीसहित २६१ विदेशीको अवस्था अज्ञात

ग्यिरोङ– दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत चीन–नेपाल सीमाको ग्यिरोङ नाकामा